फागुन ५, पर्वत / नेपाली काँग्रेसका नेता एवं पर्वत क्षेत्र नं १ का सासद अर्जुनप्रसाद जोशीले क्रियाकलाप प्रति नेपाल पत्रकार महासंघ पर्वतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्लामा रहेको कालिगण्डकी दैनिक पत्रिकाले “नेपाली काँग्रेसको सभापति चुनाव अन्यौलमा सहमतिको प्रयास जारी” भन्ने शीर्षकमा लेखिएको समचारलाई लिएर उक्त पत्रिका कार्यकर्ताको माझँ विचबाटोमा च्यातेको भन्दै महासंघले आपत्ति जनाएको छ ।
पत्रिकामा लेखएको समाचार यदि आधारिक नभए खण्डन गर्ने वा विज्ञप्ती मार्फत सच्याउँन सकिने ठाउँ हुँदा हुँदै सार्वजनिक स्थलमा सयौ कार्यकर्ताहरुका बीचमा पत्रिका च्यातिएकोप्रतिे गम्भीर ध्यानाकर्षण भएको महासंघका अध्यक्ष दुर्गाप्रसाद शर्मा र सचिव छविलाल तिवारीद्वारा हस्तक्षेरित विज्ञप्तीमा उल्लेख गरीएको छ ।
आफुलाई लोकतन्त्रको हिमायती ठान्ने पार्टीका केन्द्रिय सदस्य तथा पर्वत क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वा्चित सांसद समेत रहेका जोशीको उक्त कार्य आम संचारमाद्यामको स्वतन्त्रताको हक कुण्ठित गर्ने हर्कत भएको भन्दै अब आइन्दा यस्तो कार्य नदोहो¥याउन उक्त दैनिकका सम्पादकमण्डलले आग्रह गरेको छ ।