२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरी खुला दिसामुक्त तथा पूर्णखोप जिल्ला

२२ चैत्र २०७४, बिहीबार ०२:३८

चैत २२, राजविराज | सप्तरीका १८ वटै स्थानीय तहको प्रमाणीकरणपश्चात् सदरमुकाम राजविराजमा आज आयोजित एक समारोहमा जिल्लालाई खुला दिसामुक्त तथा पूर्णखोप घोषणा गरिएको छ । 

प्रदेश नं २ का भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले सप्तरी जिल्लाको चारकिल्ला प्रमाणित गरी खुला दिसामुक्त तथा पूर्णखोप घोषणा गर्नुभयो । 

योसँगै सप्तरी प्रदेश नं २ को दोस्रो तथा नेपालको ४९औँ खुला दिसामुक्त जिल्ला घोषित भएको छ । घोषणासभामा प्रमुख अतिथिका रुपमा सहभागी भएका मन्त्री सोनलले खुला दिसामुक्त घोषणासँगै सप्तरीको विकास निर्माण र पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

खुला दिसामुक्त र पूर्णखोप सुनिश्चत जिल्ला घोषणा भएकामा सप्तरीवासीलाई धन्यवाद दिँदै मन्त्री सोनलले नियमित अनुगमन गरी कार्यान्वयनमा कडाइ गर्न सम्बद्घ निकायलाई सुझाव दिनुभयो । 

जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा स्थानीय रंगशालामा आयोजित समारोहमा विभिन्न जातजातीको वेशभूषामा कलासंस्कृति झल्किने झाँकी र नाचगान प्रस्तुत गरिएको थियो । 

जिल्लाका कूल एक लाख १९ हजार ६८२ घर धुरीमै चर्पी निर्माण तथा जिल्लाका सबै लक्षित बालबालिकालाई खोप दिइसकिएको अनुगमनपछि प्रमाणित भएकाले खुला दिसामुक्त तथा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको जिल्ला खानेपानी तथा सरसफाइ समितिका सदस्य सचिव लोकेन्द्रकुमार यादवले जानकारी दिनुभयो । 

घोषणासभामा खुला दिसामुक्त तथा पूर्णखोप सुनिश्चित अभियानमा सहयोग पुर्याएबापत विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ