२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

झगडापछि बुहारीले घर जलाइन्

२२ चैत्र २०७४, बिहीबार ०२:४६

चैत २२, खोटाङ | ससुरासँगको आपसी झगडापछि खोटाङमा बुहारीले आफ्नै घर जलाएकी छन् । खोटेहाङ गाउँपालिका–७ की आस्मा तामाङले ससुरा प्रेमबहादुर तामाङसँगको आपसी झगडापछि मंगलबार राति घर जलाएकी हुन् । 

धनमुडा बेँसीस्थित सासू–ससुरासँगै बस्दै आएकी आस्माले लगाएको आगोले दुईतले घर घरभित्र भएको सम्पूर्ण सामान तथा नजिकै रहेको गाईबस्तु बाँध्ने गोठ, गोठमा बाँधिएका दुईवटा खसी बाख्रा जलेर मर्नुका साथै ठूलो धनराशि क्षति भएको प्रहरीले जनाएको छ । ससुरासँगको आपसी झगडापछि आस्माले राति करीब १० बजेतिर घरमा आगो लगाएको पारिवारिक स्रोतले जनाएको छ । 

एकान्त ठाउँमा रहेको घरमा भएको आगलागी राति नै घटनास्थल पुगेका स्थानीय र प्रहरीले बुधबार बिहानमात्र नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, खोटाङबजारका प्रहरी नायब निरीक्षक पवनकुमार यादवले जानकारी दिनुभयो । 

आगजनी गर्नुअघि आस्माले ससुराका दाजु ललितबहादुर तामाङलाई कुटपिटसमेत गरेको प्रहरीले जनाएको छ । निःसन्तान रहेका करीब ७६ वर्षीय ललितबहादुर भाइ प्रेमबहादुरकै घरमा बस्दै आएका छन् । 

भाइको बुहारीबाट कुटिएका ललितबहादुरको देब्रे हात तथा शरीरको विभिन्न ठाउँमा निलडाम रहेको प्रत्यक्षदर्शीले बताएका छन् । कुटपिट तथा आगजनीका घटना लगत्तै प्रहरीले आस्मालाई नियन्त्रणमा लिएको छ । 

तामाङ परिवारमा लामो समयदेखि झगडा रहेकाले थप अनुसन्धान र कारवाही गर्न जिल्ला प्रहरी कार्यालयबाट टोली पठाइएको प्रहरीले जनाएको छ । 

प्रेमबहादुरको छोरा हरि तामाङसँग सौतामाथि आएकी आस्माले जेठीपट्टीको छोरीलाई समेत यसअघि निर्घात कुटपिट गरेपछि इलाका प्रहरीमा झिकाएर मिलापत्र गराइएको थियो ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो