१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपाली काँग्रेसको जिल्ला अधिवेशनबाट खिमप्रसाद भुषाल सभापतिमा निर्वाचित

५ फाल्गुन २०७२, बुधबार १४:५७

फागुन ५, पर्वत । नेपाली काँग्रेसको जिल्ला अधिवेशनबाट खिमप्रसाद भुषाल सभापतिमा निर्वाचित भएका छन् ।बुधबार भएको पुन निर्वाचनबाट खिमप्रसाद भुषाल ३ सय ४४ मतप्राप्त गरी विजय भएका हुन् भने उनको प्रतिद्वन्द्वी खगेन्द्र तिवारीले २ सय सात मत ल्याएका थिए । भुषालले १ सय १७ मतले तिवारीलाई पछि पार्दै विजय हासिल गरेका थिए ।

सोमबार भएको निर्वाचनमा तीनजना सभापतिमा उठेका उम्मेदवार मध्ये कुनैपनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि मंगलबार पुन निर्वाचन गर्ने भनिएता पनि बुधबारमात्रै उक्त निर्वाचन भएको हो । यसअघिको निर्वाचनमा सभापतिका उम्मेदवार बशन्तबहादुर सिकेले ७१ मत पाएका थिए जसका कारण भुषाल र तिवारीविच बुधबार भोटिङ भएको हो ।यसैगरी सचिव पदमा तिवारी पक्षका विश्वप्रकाश प्रसाई र कोषाध्यक्ष पदमा भुसाल पक्षका यमबहादुर मल्ल बिजयी भएका छन्।

प्रसाईले दुई सय ४१ र मल्लले दुई सय ३१ मत प्राप्त गरे। जिल्ला कार्य समिति सदस्यमा पर्वत-१ बाट खुल्लातर्फ कृष्णबहादुर केसी, दुर्गाबहादुर खत्री, लेखनाथ पौडेल, लेखबहादुर गुरुङ र शेरबहादुर आचार्य, दलिततर्फ निर्मल विश्वकर्मा, जनजातितर्फ कुलबहादुर पुन, अपाङ्गतर्फ कुलप्रसाद पाध्या बिजयी भए।

त्यस्तै पर्वत-२ बाट खुल्लातर्फ अशोक ठकुरी, आनन्द भुसाल, तोयानाथ भुसाल, गोबिन्द पराजुली र युक्तप्रसाद श्रेष्ठ, दलिततर्फ हर्कबहादुर सुनार, जनजातितर्फ तिलकप्रसाद श्रेष्ठ र अपाङ्गतर्फ दयाराम गौडेल मंगलबारको निर्वाचनबाटने बिजयी भएका थिए । भने महिला सदस्यमा भने यसअघि नै क्षेत्र नम्बर १ मा सरस्वती शर्मा जिज्ञासु र अञ्जली शर्मा क्षेत्र नम्बर २ मा माया पाठक र कोपिला पौडेल निर्विरोध बिजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का