प्रभात सुवदी । चै त्र २३, बर्दिया । 

जिल्लाको बारबर्दिया नगरपालिका अन्तर्गत विद्यालय क्षेत्रबाहिर रहेका २ सय ७८ जना बालबालिकाहरु बैशाख २ देखि सञ्चालन गरिने भर्ना अभियान अन्तर्गत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवदी । चै त्र २३, बर्दिया । 

जिल्लाको बारबर्दिया नगरपालिका अन्तर्गत विद्यालय क्षेत्रबाहिर रहेका २ सय ७८ जना बालबालिकाहरु बैशाख २ देखि सञ्चालन गरिने भर्ना अभियान अन्तर्गत "/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बारबर्दियामा ३७ र २८ !

२३ चैत्र २०७४, शुक्रबार ०२:३५

प्रभात सुवदी । चै त्र २३, बर्दिया । 

जिल्लाको बारबर्दिया नगरपालिका अन्तर्गत विद्यालय क्षेत्रबाहिर रहेका २ सय ७८ जना बालबालिकाहरु बैशाख २ देखि सञ्चालन गरिने भर्ना अभियान अन्तर्गत नगरप्रमुखले ३७ र प्रत्येक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकले कार्यान्वयनका लागि २८ बुँदे कार्यसम्पादन योेजना सर्वाजनिक गरिएको हो ।

 

“हामी सबैको इच्छा, निःशुल्क, अनिवार्य आधारभूत शिक्षा” भन्ने मूल नाराका साथ सञ्चालन गर्न लागिएको यस वर्षको विद्यालय भर्ना अभियानलाई पूर्ण रुपले सफल पार्नका लागि बिहिबार आयोजित वृहद् अन्तक्रिया कार्यक्रममा उक्त कार्यसम्पादन कार्ययोजना सार्वजनिक गर्दै नगरप्रमुखसँग विद्यालयका प्रधानाध्यापकले र विद्यालयका प्रधानाध्यापकहरुले प्रत्येक शिक्षकलाई प्रतिवद्ध बनाउने र तदनुरुप अभियानलाई सञ्चालन गरिने बताइएको छ ।

नगरप्रमुख दुर्गा बहादुर थारुले हस्ताक्षर गर्नुभएको स्वःमूल्याङ्कनका लागि केही सवालहरु अन्तर्गत कार्ययोजना, पढाइ पढाइ जस्तो र परीक्षा परीक्षाजस्तो, सूचनामूलक कार्यालय, योजनाबद्ध कार्यक्रम, काम गर्ने प्रेरणा, कटिवद्ध शिक्षक, बुक कर्नर र पुस्तकालय सम्बन्धी रहेका छन् भने प्रधानाध्यापक, शिक्षक र आम सरोकारवालासँग विद्यालय भर्नालाई आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन अनुरोध गर्दै घरदैलोमा सहभागी हुन, विद्यालय आएका बालबालिकाहरुलाई  मुस्कान, फूलअवीर र स्थानीय संस्कृति अनुसार स्वागत गर्ने, शैक्षिक शत्रभरी २ सय ४२ दिन विद्यालय खोल्ने, शैक्षिक उपलब्धी वृद्धि गर्न उपयुक्त शैक्षिक वातावरण सिर्जना गराउने, सिकाइ क्रियाकलापममा आइसिटीको प्रयोग, पठनपाठनलाई उच्च प्राथमिता दिई मर्यादित र चिटमुक्त जिल्ला बनाउन प्रभावकारी भूमिका खेल्नुपर्ने कुराहरु बुँदागत रुपमा उल्लेख गरिएको छ ।

  

अधिकांश बालबालिकाहरु आर्थिक समस्याको कारणले विद्यालय जानबाट बञ्चित हुनु परेतापनि जनचेतनाको कमी,  अपाङ्गता, विद्यालय घरदेखि टाढा भएर, फेल भएर, साथीहरुको सरसङ्गगतका कारण, कुलतमा फँसेर पढाइ छाडेको नगरपालिकाले संकलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

यस अवस्थालाई सुधार गरी कोही पनि उमेर पुगेका बालबालिकाहरु विद्यालय क्षेत्र बाहिर नरहेको शुनिश्चित गर्न यो अभियानलाई सफल पार्ने उद्देश्यकका साथ आयोजना गरिएको कार्यक्रममा नगरक्षेत्रका ४० ओटा विद्यालयको प्रधानाध्यापक, प्रशासकीय प्रमुख, नगरप्रमुख, शिक्षा प्रमुख, पत्रकार लगायत ७४ जनाको उपस्थिति रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख टिका गोसाईंले जानकारी दिनुभयो । 

साथै विद्यालय भर्ना अभियानलाइ सफल बनाउनका लागि नगर प्रमुख, शिक्षा शाखा प्रमुख लगायत अन्य सरोकार संघसंस्था तथा निकायहरुका कर्मचारीहरु समेत बैशाख २ गते विभिन्न विद्यालयमा गई आफैले बालबालिकाहरु भर्ना गरी अभियानको शुरुवात गर्ने नगरपालिका शिक्षा शाखा प्रमुख गोसाईं बताउनुहुन्छ । 

भर्ना अभियान र अब विद्यालयमा सञ्चालित कार्यक्रम तथा कार्ययोजनाको गुणस्तरीयता आधारमा अनुदान दिने व्यवस्था गरिने समेत वहाँले बताउनुभयो ।


यसैबीच भर्ना अभियान सफल पार्नका लागि पोस्टर, जिङ्गल निर्माण गरी आम जनसमुदायमा सचेतना अभिवृद्धि गर्ने काम भैरहेको र अभियान पछि जेठ १० गते भव्य कार्यक्रमबीच नगरपालिकालाई अपाङ्गता, गरीब, मुक्त कमैया, मुक्तकमलरी, दलित तथा सिमान्तकृत र लोपोन्मुख समुदायका बालबालिकाहरुको आवश्यकतालाई मध्यनजर गर्दै सबै किसिमका बालबालिकाहरुलाइ समान रुपमा अवरोधमुक्त वातावरणमा निशुल्क  शिक्षा दिने नगरपालिकाको रुपमा घोषणा गर्ने कार्यक्रम रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै