२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ब्रेललिपीबाट परिक्षा दिलाउन मानवअधिकारकर्मीको माग

२०७२, ११ फाल्गुन मंगलवार १३:०६

फागुन ११, पर्वत । मानव अधिकारका बारेमा आवज उठाउँदै आइरहेको जिल्लाको मानवअधिकार निगरानी समुह पर्वतले एसएलसी परिक्षामा दृष्टिविहिन विद्यार्थीहरुका लागि ब्रे्ललिपीबाट परिक्षा दिलाउनुपर्ने भन्दै सम्वन्धीत निकायलाई ध्यानाकर्षण गराएको छ ।

जिल्लामा महिला हिंसाको अन्त्य, वालवालीकाको अधिकार, उत्पीडीत, अपाङता लगायतलाई न्याय दिलाउन संर्घष गर्ने यस समुहले यतिवेला दृष्टिविहिनले ब्रेललिपीबाट परिक्षा दिन पाउनुपर्ने विषयमा कुरा उठाएको हो ।

मानवअधिकर निगरानी समुह पर्वतले सोमवार जिल्ला शिक्षा कार्यालय पर्वतमा पुगी जिल्लाका दृष्टिविहिन विद्यार्थीहरुका लागि ब्रेललिपीबाट परिक्षा दिलाउनु पर्ने भन्दै जिल्ला शिक्षा अधिकारी रमेश पौडेललाई ध्यानकर्षण गराएको हो ।

विशेष गरी दृष्टिविहिनहरुका लागि स्रोत कक्षा संचालन गरिरहेको शालिजा उच्च माध्यमिक विद्यालयले कक्षा एकदेखि दशसम्म आफै प्रश्न पत्र तयार गरी परीक्षा संचालन गर्दा प्रश्न पत्र तयारी तथा परीक्षण ब्रेललिपी मार्फत् गर्दै आएपनि एसएलसी भने परीक्षा नियन्त्रण कार्यालयले संचालन गर्ने र ब्रेललिपीमा प्रश्न नआउने हुँदा दृष्टिविहिनहरुले पनि अन्य साधारण विद्यार्थी सरहकै परीक्षा दिन बाध्य भएकोले त्यसको वैकल्पिक व्यवस्था मिलाउनका लागि जिल्ला शिक्षा अधिकारीको ध्यानाकर्षण गराइएको मानव अधिकार निगरानी समूह पर्वतले जनाएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले एसएलसीको प्रश्न पत्र तयारी तथा उत्तर पुस्तिका परीक्षण दुवै कुरा परीक्षा नियन्त्रण कार्यालयबाटै हुने हुँदा आफूले तत्काल कार्यालयबाट केही नसक्ने तर तुरुन्त विभागमा सम्पर्क गरी आवश्यक व्यवस्था मिलाउन अनुरोध गर्ने प्रतिबद्धता व्यक्त गरे । मानवअधिकार निगरानी समुहले दृष्टिविहिन विद्यार्थीका अधिकार, आम विद्यार्थीहरुको ब्यवसायीक शिक्षामा श्रोत कक्षाको अवस्था, विद्यार्थीलाई लोडसेडीङको मार लगायत जिल्लामा महिला हिंसाको अवस्था र उनिहरुको अधिकार, वालवालीकाले पढ्न पाउने, भरणपोषण लगायतका मानवअधिकारका पक्षमा चासो राख्दै आएका छन् ।

त्यसैगरी महिला तथा वालवालिका विकास कार्यालयमा समेत पुगेर पिडित महिलाहरुले न्याय पाए नपाएको र वालवालीका र अपाङगताहरुका बारेमा समेत सोधपुछ गरी आवश्यक पहलका विषयमा छलफल चलाएको थियो । सोमवार मानवअधिकार निगरानी समुह पर्वत तथा इन्सेक प्रतिनिधी किसोर सापकोटा, इन्सेक क्षेत्रिय कार्यालय पोखराका प्रतिनिधी सवनम शर्मा, नेपाल वार एसोसिएसन पर्वतका विश्वराज पाण्डे, पत्रकार महासंघका प्रतिनिधी मुरारी संगम र मानवअधिकार निगरानी समुहका सदस्य सचिव शेषराज रेग्मी लगायतको टोलीले जिशिकामा ध्यानाकर्षण गर्नुका साथै महिला तथा वालवालीका कार्यालयमा पुगी वालवालीका र महिलाको अधिकारका बारेमा छलफल गरेको थियो ।

छलफलका क्रममा जिल्लामा महिला विकास कार्यालयमा गतवर्ष ११ वटा उजुरी परेको र यस वर्ष ८ वटा महिलाले न्यायका लागि उजुरी दर्ता गराएको बताइएको छ । उजुरीका विषयमा आवश्यक कार्वाहरीका लागि सम्वन्धीत निकायहरुमा सिफारीस गरिएको महिला विकास अधिकृत सत्यदेवी अधिकारीले जानकारी दिईन् । महिलाहरुलाई प्राय जसो श्रीमानले र घरपरिवारले दुःख दिने गरेको र घरमा वस्नै नसकेको अवस्था आएपछि न्यायका लागि महिलाहरु कार्यालयमा आउने गरेको अधिकारीले जानकारी दिएकी थिइन् ।

त्यसैगरी जिल्ला प्रशासन, प्रहरी कार्यालय लगायतका सम्वन्धीत निकायहरुमा समेत मानवअधिकार निगरानी समुह पर्वतले पिडितहरुको अवस्थालाई बुझ्ने काम गर्दै आएको र उनिहरुको अधिकारको पक्षमा वोल्दै आएको बताउँदै आएकोे छ । त्यसैगरी निगरानी समुहले मंगलवार गैसस महासंघमा मानवअधिकार संवन्धीत संस्थासँग समेत बैठक बसी विशेषगरी वालवालीका र अपाङगता भएका विद्यार्थीका लागि सहज रुपमा पठनपाठनको ब्यवस्था मिलाउन सरोकारवालाहरुलाई ध्यानकर्षण गर्ने निर्णय गरेको छ ।

दृष्टिविहिन तथा सुस्त श्रवण भएका वालवालीकाहरुलाई सदरमुकाम आसपासमा श्रोत कक्षाको ब्यवस्था मिलाउन सम्वन्धीत पक्षसँग छलफल चलाउने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित