२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

प्रदेश ५ को नीति तथा कार्यक्रम स्वीकृत

२०७४, २३ चैत्र शुक्रबार १०:४४

चैत २३, बुटवल | प्रदेश नं ५ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । 

यही चैत २५ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७४÷७५ को नीति कार्यक्रम प्रस्तुत हुनेछ । 

यस्तै, आजको बैठकले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख उमाकान्त झालाई अनुरोध गर्ने निर्णयसमेत गरेको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रममाथि छलफल गरी केही थपघट गरी पारित गरेको हो । 

मन्त्री चौधरीका अनुसार प्रदेश सरकारले चालू आवका लागि रु एक अर्ब दुई करोड बराबरको बजेट ल्याउने र बजेट नीति तथा कार्यक्रममै केन्द्रित रहेर आउनेसमेत जानकारी गराउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते