प्रभात सुवेदी । चैत्र २४, बर्दिया ।

२०७३ सालको एसईई परीक्षा सकिए लगत्तै उनलाई सामान्य ज्वरो आयो गुलरियामा जचाँएर नेपालगञ्ज थप उपचारको लागि जाँदा रक्त क्यान्सरको लक्षण देखिए लगत्तै उपचारको लागि गत असारमा नै काठमाडौ सिभिल हस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । चैत्र २४, बर्दिया ।

२०७३ सालको एसईई परीक्षा सकिए लगत्तै उनलाई सामान्य ज्वरो आयो गुलरियामा जचाँएर नेपालगञ्ज थप उपचारको लागि जाँदा रक्त क्यान्सरको लक्षण देखिए लगत्तै उपचारको लागि गत असारमा नै काठमाडौ सिभिल हस"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बहिनी तयार दाजु बचाउँन : १५ लाख कसरी जुटाउने ? ( भिडियो)

२४ चैत्र २०७४, शनिबार ०५:०६

प्रभात सुवेदी । चैत्र २४, बर्दिया ।

२०७३ सालको एसईई परीक्षा सकिए लगत्तै उनलाई सामान्य ज्वरो आयो गुलरियामा जचाँएर नेपालगञ्ज थप उपचारको लागि जाँदा रक्त क्यान्सरको लक्षण देखिए लगत्तै उपचारको लागि गत असारमा नै काठमाडौ सिभिल हस्पिटल पुर्याइयो र अहिलेसम्म प्रारम्भिक जाँच र उपचारमै घरको सारा सम्पत्ति रित्तिएको छ । घरखेत सबै ऋण लिँदा बैंकमा धितो राखेका छौँ । अब केही रहेन ।


डाक्टरले रगत शुद्धिकरणका लागि बोन म्यारो नै फेर्नु पर्छ भनेपछि झन् उनको परिवारमा आर्थिक संकटका साथसाथै तनाव पनि थपिएको छ गुलरिया नगरपालिका ७ बस्ने हजुरआमा पशुपति परियारलाई । नातिको उपचारका लागि अहिले टोली सहित आर्थिक सहयोगका लागि गाउँघर, बजारभरी रुँदै हात थापिरहनुभएको छ । तर, यसरी हात थापेर मात्रै त्यति ठूलो रकम कसरी जोहो गर्ने हुने हो, त्यत्ति सहज पनि छैन । 

उता उपचारका लागि बोन म्यारो दिन ११ बर्षीय नातिनी आँशु परियार तयार त छिन् तर यसका लागि १५ लाख रुपैया कहाँबाट जुटाउने भनेर अर्को चिन्ता थपिएको छ । डा. विशेष पौडेलले यसरी बोन म्यारो प्रत्यारोपण गर्दा उनलाई केही पनि असर नहुने बताउनुभएको हजुरआमा पशुपतिले भन्नुभयो । यसका लागि हामी तयार छौँ तर पैसा जुटाउन ठूलो समस्या भएको छ तैपनि अझै आश मरेको छैन । सहयोगी हातहरु र सरकारले गर्ने छुटको आशामा नगरपालिका तथा अन्य निकायहरुमा गुहार माग्दै सहयोगका लागि हातहरु फैल्याइरहनुभएको छ १७ बर्षीय युवराज परियारकी हजुरआमा पशुपति परियार । 

भान्जाको ज्यान बचाउँन मामाले पनि प्रहरी सेवाको जागीर समेत छाड््नुभएको छ । भएको जग्गा जमिन पनि बैंकमा धितो राखेकोले अब उपचारका लागि हात थाप्नुको विकल्प नभएकोले यसो गर्ने परिस्थिती आएको हजुरआमा पशुपति परियार रुँदै भन्नुहुन्छ । 

आर्थिक सहयोग गर्न चाहानुहुने महानुभावले युवराजको बुबा (प्रकाश परियार) को एभरेस्ट बैंकमा रहेको खाता नम्बर ००१००५०१२२२६१३ मा सिधै जम्मा गर्न सक्नुहुनेछ र वहाँको सम्पर्क नम्बर ९८६३४२६४३२ र युवराजको नम्बर ९८१६५४५०१७ मा सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।  

सहयोग गर्नुहुने दाताहरुको विवरण ९८५८०२०४९५ मा जानकारी गराउनुभएमा हजुरहरुको उच्च कदर गर्दै तस्वीरसहितको समाचार नेपालकै प्रतिष्ठित अनलाइन समाचर साझा सबालमा प्रकाशित गर्नेछौँ ।

सकेमा सहयोग गरौँ नसकेमा यो समाचार तथा भिडियोलाइ जतिसक्दो सेयर गरिदिनुभई होनाहार युवा युवराज परियारको ज्यान बचाउँन सहयोग गरौँ । 

हेर्नुहोस् भिडियो  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै