प्रभात सुवेदी । चैत्र २४, बर्दिया ।

२०७३ सालको एसईई परीक्षा सकिए लगत्तै उनलाई सामान्य ज्वरो आयो गुलरियामा जचाँएर नेपालगञ्ज थप उपचारको लागि जाँदा रक्त क्यान्सरको लक्षण देखिए लगत्तै उपचारको लागि गत असारमा नै काठमाडौ सिभिल हस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । चैत्र २४, बर्दिया ।

२०७३ सालको एसईई परीक्षा सकिए लगत्तै उनलाई सामान्य ज्वरो आयो गुलरियामा जचाँएर नेपालगञ्ज थप उपचारको लागि जाँदा रक्त क्यान्सरको लक्षण देखिए लगत्तै उपचारको लागि गत असारमा नै काठमाडौ सिभिल हस"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बहिनी तयार दाजु बचाउँन : १५ लाख कसरी जुटाउने ? ( भिडियो)

२०७४, २४ चैत्र शनिबार ०५:०६

प्रभात सुवेदी । चैत्र २४, बर्दिया ।

२०७३ सालको एसईई परीक्षा सकिए लगत्तै उनलाई सामान्य ज्वरो आयो गुलरियामा जचाँएर नेपालगञ्ज थप उपचारको लागि जाँदा रक्त क्यान्सरको लक्षण देखिए लगत्तै उपचारको लागि गत असारमा नै काठमाडौ सिभिल हस्पिटल पुर्याइयो र अहिलेसम्म प्रारम्भिक जाँच र उपचारमै घरको सारा सम्पत्ति रित्तिएको छ । घरखेत सबै ऋण लिँदा बैंकमा धितो राखेका छौँ । अब केही रहेन ।


डाक्टरले रगत शुद्धिकरणका लागि बोन म्यारो नै फेर्नु पर्छ भनेपछि झन् उनको परिवारमा आर्थिक संकटका साथसाथै तनाव पनि थपिएको छ गुलरिया नगरपालिका ७ बस्ने हजुरआमा पशुपति परियारलाई । नातिको उपचारका लागि अहिले टोली सहित आर्थिक सहयोगका लागि गाउँघर, बजारभरी रुँदै हात थापिरहनुभएको छ । तर, यसरी हात थापेर मात्रै त्यति ठूलो रकम कसरी जोहो गर्ने हुने हो, त्यत्ति सहज पनि छैन । 

उता उपचारका लागि बोन म्यारो दिन ११ बर्षीय नातिनी आँशु परियार तयार त छिन् तर यसका लागि १५ लाख रुपैया कहाँबाट जुटाउने भनेर अर्को चिन्ता थपिएको छ । डा. विशेष पौडेलले यसरी बोन म्यारो प्रत्यारोपण गर्दा उनलाई केही पनि असर नहुने बताउनुभएको हजुरआमा पशुपतिले भन्नुभयो । यसका लागि हामी तयार छौँ तर पैसा जुटाउन ठूलो समस्या भएको छ तैपनि अझै आश मरेको छैन । सहयोगी हातहरु र सरकारले गर्ने छुटको आशामा नगरपालिका तथा अन्य निकायहरुमा गुहार माग्दै सहयोगका लागि हातहरु फैल्याइरहनुभएको छ १७ बर्षीय युवराज परियारकी हजुरआमा पशुपति परियार । 

भान्जाको ज्यान बचाउँन मामाले पनि प्रहरी सेवाको जागीर समेत छाड््नुभएको छ । भएको जग्गा जमिन पनि बैंकमा धितो राखेकोले अब उपचारका लागि हात थाप्नुको विकल्प नभएकोले यसो गर्ने परिस्थिती आएको हजुरआमा पशुपति परियार रुँदै भन्नुहुन्छ । 

आर्थिक सहयोग गर्न चाहानुहुने महानुभावले युवराजको बुबा (प्रकाश परियार) को एभरेस्ट बैंकमा रहेको खाता नम्बर ००१००५०१२२२६१३ मा सिधै जम्मा गर्न सक्नुहुनेछ र वहाँको सम्पर्क नम्बर ९८६३४२६४३२ र युवराजको नम्बर ९८१६५४५०१७ मा सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।  

सहयोग गर्नुहुने दाताहरुको विवरण ९८५८०२०४९५ मा जानकारी गराउनुभएमा हजुरहरुको उच्च कदर गर्दै तस्वीरसहितको समाचार नेपालकै प्रतिष्ठित अनलाइन समाचर साझा सबालमा प्रकाशित गर्नेछौँ ।

सकेमा सहयोग गरौँ नसकेमा यो समाचार तथा भिडियोलाइ जतिसक्दो सेयर गरिदिनुभई होनाहार युवा युवराज परियारको ज्यान बचाउँन सहयोग गरौँ । 

हेर्नुहोस् भिडियो  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला