२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

करेन्ट लागेर महिलाको मृत्यु

२५ चैत्र २०७४, आईतवार ०४:३०

चैत २५, राजविराज | सप्तरीको डाक्नेश्वरी नगरपालिका– ९ मा गएराति करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । 

स्थानीय अजय साहको २५ वर्षीया श्रीमती अमेरिकादेवी साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

आफ्नै घरमा लुगामा आइरन लगाउने क्रममा अमेरिकालाई करेन्ट लागेको थियो । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । 

मुटु शिविर 

यसैगरी सगरमाथा महेश्वरी युवा मञ्च तथा राजविराज नगरपालिका वडा नं ७ को आयोजनामा शनिबार यहाँ एकदिने निःशुल्क मुटु शिविरको आयोजना गरिएको छ । 

नोबेल अस्पतालका मुटु रोग विशेषज्ञ डा राजेश नेपालको नेतृत्वको टोलीले राजविराजमा निःशुल्क उपचार गरेको बताइएको छ । 

उक्त शिविरमा राजविराज नगरपालिकासहित जिल्लाका विभिन्न ठाउँका ९७ जनाले मुटु जाँच तथा इसिजी गराएको सगरमाथा महेश्वरी युवा मञ्चका महासचिव होमेश कावराले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा