पोखरा, चैत २५ । धादिङ–पोखरा सम्पर्क समाज, सिद्धलेक गाउँपालिका इकाइको अध्यक्षमा सरस्वती श्रेष्ठ सरु निर्वाचित भएकी छन् ।धादिङ नलाङ निवासी उनी शनिबार पोखरामा भएको चौथो अधिवेशनले अध्यक्षमा चयन गरेको हो ।धादिङ–पोखरा सम्पर्क समाजकी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा, चैत २५ । धादिङ–पोखरा सम्पर्क समाज, सिद्धलेक गाउँपालिका इकाइको अध्यक्षमा सरस्वती श्रेष्ठ सरु निर्वाचित भएकी छन् ।धादिङ नलाङ निवासी उनी शनिबार पोखरामा भएको चौथो अधिवेशनले अध्यक्षमा चयन गरेको हो ।धादिङ–पोखरा सम्पर्क समाजकी"/>
२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा-सिद्धलेक इकाईमा सरु

२५ चैत्र २०७४, आईतवार ०४:३९

पोखरा, चैत २५ । धादिङ–पोखरा सम्पर्क समाज, सिद्धलेक गाउँपालिका इकाइको अध्यक्षमा सरस्वती श्रेष्ठ सरु निर्वाचित भएकी छन् ।धादिङ नलाङ निवासी उनी शनिबार पोखरामा भएको चौथो अधिवेशनले अध्यक्षमा चयन गरेको हो ।धादिङ–पोखरा सम्पर्क समाजकी कार्यसमिति सदस्य समेत रहेकी सरु दर्जन बढी संघसंस्थामा क्रियाशील छन् ।संस्थाको उपाध्यक्षमा रामप्रसाद दुवाडी, सचिवमा गंगाबहादुर पौडेल, सह–सचिवमा गणेश गिरी, कोषाध्यक्षमा हरिकृष्ण श्रेष्ठ र सहकोषाध्यक्षमा सूर्यमान वाडा निर्वाचित भएका छन् । उपाध्यक्ष दुवाडी, सचिव पौडेल, सह–सचिव गिरी, सहकोषाध्यक्ष वाडा नलाङ निवासी हुन् भने कोषाध्यक्ष श्रेष्ठ कुम्पुर निवासी हुन् ।यसैगरी संस्थाको कार्यसमिति सदस्यमा सलाङका दिनेश सिलवाल, सन्तोष मिश्र, केशर पुलामी, नलाङका विक्रम पण्डित, विष्णुमान शाक्य, सरोज अर्याल र कुम्पुरकी सरिता आलेमगर छन् ।

कार्यक्रममा अन्तरसमाज महासंघ राष्ट्रिय समिति नेपालका संस्थापक अध्यक्ष रुद्र खनालले भाइचरा सम्बन्ध मजबूत बनाउन इकाइले महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पारे ।इकाइका अध्यक्ष शुम्भ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा धादिङ समाजका अग्रज नवराज दुवाडी, समाजका अध्यक्ष युवराज खतिवडा, पूर्व वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्साल, पूर्व सचिव वेनी पाठक, ज्वालामुखी गाउँपालिका इकाइ उपाध्यक्ष यादु ढकाल, लेकसाइड पारिवारिक समाजका अध्यक्ष ईश्वर श्रेष्ठ, सिद्धलेक इकाइ उपाध्यक्ष रामप्रसाद दुवाडी, सचिव सरस्वती श्रेष्ठ, कोषाध्यक्ष गंगाबहादुर पौडेल लगायतले बोलेका थिए ।वेनी पाठक संयोजक तथा मेघबहादुर न्यौपाने र गोकर्ण अधिकारी सदस्य रहेको निर्वाचन मण्डलले नयाँ नेतृत्व चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की