४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा डिजिटल पत्रकारिता तालीम शुरु

२५ चैत्र २०७४, आईतवार ०५:५३

चैत २५ पोखरा | नेपाल पत्रकार महासंघ कास्कीको आयोजना एवं पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा आजदेखि कास्कीको धितालस्थित अक्सफाममा डिजिटल पत्रकारिता तालीम शुरु भएको छ । 

प्रविधिको विकाससँगै सञ्चारमाध्यम र सञ्चारकर्मी पनि त्यही रुपमा अघि बढ्नुपर्ने वास्तविकतालाई दृष्टिगत गरी तीनदिने तालीम आयोजना गरिएको पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

तालीमको शुभारम्भ कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले विश्वव्यापी रुपमा प्रविधिले फड्को मारिसकेको अवस्थामा सञ्चारकर्मीले पनि आफूलाई समयानुकूुल दक्ष बनाउन आवश्यक भएको बताउनुभयो । 

पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले पत्रकारिता क्षेत्रलाई समयसापेक्ष अघि बढाउन यस किसिमका तालीमले सघाउने धारणा राख्नुभयो । 

कार्यक्रममा राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्मा, पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष कृष्णप्रसाद बास्तोला, तालीम संयोजक त्रिभुवन पौडेल, तालीम सहाजकर्ता उज्ज्वल आचार्य, पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेल, महासंघ कास्कीका सचिव रामप्रसाद तिमल्सिनालगायतले तालीमका उपलब्धिलाई सहभागीले व्यवहारमा उतार्ने विश्वास व्यक्त गर्नुभयो । विशेषगरी अनलाइन सञ्चारमाध्यममा क्रियाशील १५ पत्रकार तालीममा सहभागी छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ