२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

मिर्गौला प्रत्यारोपणका लागी मोरङका रुपेशलाई ५० हजार सहयोग

२०७४, २५ चैत्र आईतवार ०६:१०

चैत २५ भक्तपुर | दुवै मिगौला बिग्रिई आर्थिक समस्याका कारण प्रत्यारोपण गर्न नसकेका उर्लाबारी– ६ मोरङका रुपेश श्रेष्ठलाई प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेले रु ५० हजार सहयोग हस्तान्तरण गर्नुभएको छ । 

प्रवासी नेपाली मञ्च इजरायलले बिरामीको मिर्गौला प्रत्यारोपणका लागि पठाएको उक्त सहयोग रकम लामिछानेले श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । 

अर्थाभावका कारण उपचारमा समस्या भएको जानकारी पाएपछि मञ्चका इजरायल सहकोषाध्यक्ष मीना चुँडालको पहलमा रकम सहयोग संकलन गरी पठाइएको मञ्चका इजरायल अध्यक्ष तीर्थ गौतमले जानकारी दिनुभयो । 

तीन महिनाअघि दुवै मिर्गौला काम नलाग्ने भई राष्ट्रिय धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा डायलासिस गराइराखिएको मिर्गौला पीडित श्रेष्ठले जानकारी दिनुभयो । उहाँले आफ्नी आमाले मिर्गौला प्रत्यारोपण गर्न तयार भए पनि अर्थाभावका कारण प्रत्यारोपण गर्न नसकिएकाले थप रकम आवश्यक रहेको बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते