२०८३, १ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

जुनीजुनी सँगै बाँच्छु सँगै मर्छु भन्नेले एक जुनी पनि साथ नदिएपछी…

२०७४, २५ चैत्र आईतवार ०९:१७

कविता उपाध्याय/चैत २५ लिबाङ, रोल्पा | “तिमीले धोका दियौ भने त तिम्रै घरमा झुण्डिएर मर्छु, बुझ्यौ ?” पहिलो पटक सहपाठीको मोबाइलबाट यस्तो सन्देश सुन्न परेपछि पूर्वी रोल्पाकी १५ वर्षीया किशोरी अक्क न बक्क परिन् । 

विद्यालय विदाका दिन परेको हुँदा उनी त्यस दिन घरमै थिइन् । बुबाआमा बाहिर काममा गएको कारण फोनमा बोल्न उनलाई कुनै अवरोध भएन । पटक पटक यही वाक्य दोहोर्याएर सहपाठीले दिनभर करीब ७ पटक जति फोन गरिरहँदा उनी रिसाएजस्तो गरेपनि जवानीले उनलाई कुत्कुत्याउन थाल्यो । उनले पनि झन् मख्ख पर्दै फोनमै सवालजवाफ गर्न थालिन् । सहपाठी उनकै आफन्त थिए । उमेरले आफूभन्दा करीब एक वर्ष जेठो । 

किशोरी जिल्लाकै एक सरकारी विद्यालयमा कक्षा ९ र किशोर कक्षा १० मा अध्ययनरत थिए । सुन्दा कुनै चलचित्रको कथा जस्तो लागे पनि यो काल्पनिक कथा होइन । जिल्लाकै एक जोडीको वास्तविक प्रेम कथा हो । करीब एक घण्टाको दूरीमा उनीहरुको बासस्थान थियो भने नाताले पनि उनीहरु आफन्त नै पर्थे । यसकारण उनीहरुको भेटघाट तथा चिनजान सहज रुपमा अगाडि बढेको थियो । 

भोलिपल्ट प्रार्थनाका समयमा विद्यालयमा दुबैजनाको भेट भयो । सहपाठी रिसाउँछिन् कि भन्ने चिन्ताले ती किशोरलाई अलि नरमाइलो लागिरहेको थियो तर, किशोरीले मौन स्वीकृति जनाउन थालेपछि किशोरलाई नजिकबाटै खुलेर बोल्न सहज भयो । उनले खाजा खाने समयमा किशोरीसँग भेटेर उही बाक्य दोहोर्याए – “तिमीले धोका दियौ भने त तिम्रै घरमा झुण्डिएर मर्छु, बुझ्यौ ?” । 

किशोरीका अनुसार यसअघि पनि उनीहरुका बीच सामान्य कुराकानी तथा भेटघाट भइरहन्थ्यो । एकले अर्कालाई मन पराउन पनि थालिसकेका थिए । तर प्रेम प्रस्ताव राख्ने हिम्मत भने दुबैले गरेका थिएनन् । यो जोडीलाई मोबाइलले साइनो गाँस्न सहज बनाइदियो । 

यसपछिका दिनमा दुबैबीच फोनबाट घण्टौं कुराकानी हुन थाल्यो । प्रेम चलेको करीब तीन महिना नपुग्दै यो जोडीले आजभन्दा ५ वर्ष पहिले प्रेम विवाह गर्यो । विवाह पूर्वका दिनभन्दा विवाह पछिका दिनहरु केही निरसिला बन्न थाले । दुबैका वीच मनमुटाव हुन थाल्यो । स–साना कुरामा पनि घण्टौं बहस चल्न थालेपछि सम्बन्धले जटिल मोड लिँदै गएको किशोरीको भनाइ छ । 

“प्रेम र विवाह शायद फरक कुरा रै’छन्,” किशोरीले भनिन् । प्रेम चल्दाका बखत आफूलाई हेरेर बाँच्न सक्छु भन्नेले विवाह पछिका दिनमा फरक ब्यवहार गर्न थाले । विवाह गरिसकेपछि विद्यालय जाने वातावरण पनि बिग्रियो । घरको कामकाजमा बाधा पुग्ने भन्दै परिवारले विद्यालय जान रोक लगाएका कारण उनी विद्यालय जान सकेनन् । 

विवाह पछि आर्थिक भार थपिँदै गएका कारण गरिबी र बेरोजगारीले गला थिच्न थाल्यो र दिनहँु घरझगडा हुन थाल्यो । फलतः विवाह गरेको करीब १ वर्ष नपुग्दै गर्भमा नासो छाडेर श्रीमान् विदेशिए । 

“मैले यता दुःखसुख गरेर काखको नानी दुईवर्ष बनाएपछि उनी घर फर्किए तर उनले मेरो वास्ता गर्न छोडे,” उनले भनिन् । उनको मोबाइल अर्र्कै प्रेमिकाका लागि बज्न थालेको छ भन्ने सुनेकी उनले त्यस पुरुषसँग बाँच्न नसक्ने निधो गरेर जिल्ला अदालत रोल्पामा करीब एकवर्ष पहिले मैले सम्बन्ध विच्छेदका लागि निवेदन दिइन् । अदालतबाट सम्बन्ध विच्छेद भयो । जुनीजुनी सँगै बाँच्छु सँगै मर्छु भन्नेले एकै जुनी पनि साथ दिन सकेनन् । “त्यसैले अहिले उनी र म आ–आफ्नो बाटोमा छौं,” उनले भनिन् – “पढ्ने उमेरमा बुद्धि बिग्रिएपछि न पढाइ बन्यो न घरबार ।” 

अदालतले उनीसँग जोडेको घरबार भत्काएर आफूलाई न्याय गरेको उनको भनाइ छ । “केटा मान्छेको जात स्वार्थी हुँदोरहेछ, जता राम्रो देख्यो उतै ढल्किँदा रहेछन् त्यसैले अब दोस्रो बिहे नगर्ने निधो गरेकी छु,” उनले भनिन् । उनका अनुसार उनका श्रीमान्ले भने अहिले दोस्रो बिहे गरिसकेका छन् । जिल्ला अदालत रोल्पाका अनुसार पछिल्ला दिनमा मोबाइलका कारण कतिका नयाँ घरबार बनेका छन् भने कतिका घरबार बिग्रिएका छन् । सम्बन्ध जोड्न मोबाइल वा सामाजिक सञ्जाल सहज साधन हुन् नै सुखी जीवनका लागि पनि यिनको उपयोग भइदिए उत्तम हुन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा