४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

गाउँमै स्वरोजगार बन्दै बाजुराका युवा

२५ चैत्र २०७४, आईतवार ०९:३९

प्रेम रौले/चैत २५  बाजुरा | दुर्गम स्थानीय तहका युवा गाउँमा रोजगार नपाउँदा छिमेकी मुलुक भारतमा गएरर चौकीदारीलगायत विभिन्न काम गरेरै घरखर्च चलाउने परम्परा नै भइसकेको छ । 

गाउँमा कुनै काम नपाएर विदेशिएका युवा भने निर्वाचित जनप्र्रतिनिधि आएपछि घर फर्किन थालेका छन् । स्थानीय गौमूल गाउँपालिकाका युवा विदेशबाट फर्केर अहिले गाउँको विकासमा अग्रसर हुनुभएको छ । गाउँमा नै विभिन्न विकास र निर्माण कार्य शुरु भएपछि विदेश भन्दा गाउँकै विकासका लागि भारतबाट फर्केको अर्का युवा कृष्ण रोकायाले बताउनुभयो । 

गौमूल गाउँपालिकामा रहेका युवालाई विकास निर्माणका कार्यले गर्दा फुर्सदसमेत पाउन सकेका छैन् । यस अगाडिका वर्षमा असोज कात्तिकमा खेतीपाती लगाएर भारतका विभिन्न शहरमा चौकीदारी गर्न जाने युवालाई भ्याइनभ्याइ छ । 

गाउँपालिकालगायत विकासे निकायले स्थानीयवासीलाई गाउँमै रोजगारीको अवसर दिएकाले गाउँले यतिबेला विकासका काममा लागिपरेका हुन् । गाउँपालिकाका हरेक बस्तीमा विकास निर्माणका कार्य भइरहेकाले स्थानीयवासीलाई भ्याइनभ्याइ भएको गौमूल गाउँपालिका– ३ माझपालिका कृष्ण रोकायाले बताउनुभयो । 

स्थानीय तहपछि गाउँमा खानेपानी, बाटो पुलपुलेसालगायत अन्य विकास निर्माणका काममा लाग्नु परेकाले कसैलाई घरमा बस्ने फुर्सद नभएको उहाँको भनाइ थियो । 

गाउँपालिकाको योजना र अन्य विकासे निकायले गाउँमा धेरै काम दिएकाले भ्याइनभ्याइ भएको अर्का स्थानीयवासी धनबहादुर सार्कीले बताउनुभयो । गाउँपालिकाको पनि धेरै योजना छन्, त्योसँगै अन्य निकायकाले पनि धेरै काम दिएकाले स्थानीयवासीलाई रोजगारी जस्तै बनेको हो । स्थानीय युवा काममा व्यस्त भएकाले गाउँमा जुवा तास खेल्ने मदिरा सेवन गर्नेको संख्यामा कमी भएको उहाँले जानकारी दिनुभयो । 

गौमूल गाउँपालिका अन्तर्गत ग्रामीण जलस्रोत परियोजनाले मात्र १० वटा ठूला खानेपानी योजना निर्माण गरिरहेको छ । सो योजनामा पनि काम गर्ने मान्छे पाउन मुस्किल छ । ग्रामीण जलस्रोत परियोजनाले मात्र दह खोला सिँचाइ, बिरा खानेपानी, तल्लाखाली खानेपानी, थलाचौका खानेपानी धल्काडा खानेपानी, रनेडा खानेपानीगायत १० वटा ठूलो योजना सञ्चालन गरेको निमित्त जिल्ला जलस्रोत सल्लाहकार नरवीर ऐडीले बताउनुभयो । 

त्योसँगै वडापालिका भवन निर्माण बाटो र पुलमा पनि ठूलो संख्यामा जनशक्ति परिचालन भइरहेकाले गाउँमा काम गर्न भ्याइनभ्याइ नभएको उहाँले जानकारी दिनुभयो । 

गाउँमै रोजगारीको अवसरसँगै गाउँको विकास हुनथालेपछि यो वर्ष भारतमा चौकीदारीको काम गर्न जाने युवा यतै व्यस्त भएको वडा नं १ का वडाअध्यक्ष बलबहादुर रोकायाले बताउनुभयो । 

उहाँले भन्नुभयो,“गाउँका युवालाई गाउँमै स्वरोगार बनाउने गरी बजेट विनियोजनका साथै हरेक वडा र बस्तीमा खानेपानी र बाटो लगायतका विकास निर्माणका कामले सुबिधासँगै युवालाई रोजगारीे सिर्जना भइरहेको छ । ” 

गौमूल गाउँपालिका ग्रामीण जलस्रोत परियोजनाले गाउँपालिकाभित्र शुद्ध खानेपानीलाई सबैकोे पहुँचमा ल्याउन रू ८३ लाख ५० हजार भन्दा बढी रकम चालुतर्फ र दुई करोड ५८ लाख सात हजार भन्दा बढी पुँजीगततर्फ रकम विनियोजन गरेको छ । 

योवर्ष मात्र गाउपालिका भित्रका ३३९ घरपरिवारलाई शुद्ध खानेपानी व्यवस्थापन गरिने जसमा दुई हजार १७३ जनसंख्या लाभान्वित हुने जिल्ला खानेपानी उपभोक्ता महासंघका अध्यक्ष तुल्सीराम रोकायाले जानकारी दिनुभयोे । 

ग्रामीण जलस्रोत परियोजनाले गाउँमा खानेपानीको व्यवस्था गर्नुका साथै गाउँमा बेरोजगार युवालाई रोजगार दिएको वडा न ३ का वडा अध्यक्ष धनबहादुर बोहराले बताउनुभयो । गाउँको जनशक्ति बाहिर नजाने हो भने गाउँको विकास चाडै हुने उहाँले भन्नुभयो, “गौमूल गाउँपालिका जस्तै सबै स्थानीय तहमा विकास निर्माणका कार्य युवाको जिम्मा दिने हो भने जिल्लाको विकासमा अगाडि बढ्ने देखिन्छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ