२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

गाउँमै स्वरोजगार बन्दै बाजुराका युवा

२०७४, २५ चैत्र आईतवार ०९:३९

प्रेम रौले/चैत २५  बाजुरा | दुर्गम स्थानीय तहका युवा गाउँमा रोजगार नपाउँदा छिमेकी मुलुक भारतमा गएरर चौकीदारीलगायत विभिन्न काम गरेरै घरखर्च चलाउने परम्परा नै भइसकेको छ । 

गाउँमा कुनै काम नपाएर विदेशिएका युवा भने निर्वाचित जनप्र्रतिनिधि आएपछि घर फर्किन थालेका छन् । स्थानीय गौमूल गाउँपालिकाका युवा विदेशबाट फर्केर अहिले गाउँको विकासमा अग्रसर हुनुभएको छ । गाउँमा नै विभिन्न विकास र निर्माण कार्य शुरु भएपछि विदेश भन्दा गाउँकै विकासका लागि भारतबाट फर्केको अर्का युवा कृष्ण रोकायाले बताउनुभयो । 

गौमूल गाउँपालिकामा रहेका युवालाई विकास निर्माणका कार्यले गर्दा फुर्सदसमेत पाउन सकेका छैन् । यस अगाडिका वर्षमा असोज कात्तिकमा खेतीपाती लगाएर भारतका विभिन्न शहरमा चौकीदारी गर्न जाने युवालाई भ्याइनभ्याइ छ । 

गाउँपालिकालगायत विकासे निकायले स्थानीयवासीलाई गाउँमै रोजगारीको अवसर दिएकाले गाउँले यतिबेला विकासका काममा लागिपरेका हुन् । गाउँपालिकाका हरेक बस्तीमा विकास निर्माणका कार्य भइरहेकाले स्थानीयवासीलाई भ्याइनभ्याइ भएको गौमूल गाउँपालिका– ३ माझपालिका कृष्ण रोकायाले बताउनुभयो । 

स्थानीय तहपछि गाउँमा खानेपानी, बाटो पुलपुलेसालगायत अन्य विकास निर्माणका काममा लाग्नु परेकाले कसैलाई घरमा बस्ने फुर्सद नभएको उहाँको भनाइ थियो । 

गाउँपालिकाको योजना र अन्य विकासे निकायले गाउँमा धेरै काम दिएकाले भ्याइनभ्याइ भएको अर्का स्थानीयवासी धनबहादुर सार्कीले बताउनुभयो । गाउँपालिकाको पनि धेरै योजना छन्, त्योसँगै अन्य निकायकाले पनि धेरै काम दिएकाले स्थानीयवासीलाई रोजगारी जस्तै बनेको हो । स्थानीय युवा काममा व्यस्त भएकाले गाउँमा जुवा तास खेल्ने मदिरा सेवन गर्नेको संख्यामा कमी भएको उहाँले जानकारी दिनुभयो । 

गौमूल गाउँपालिका अन्तर्गत ग्रामीण जलस्रोत परियोजनाले मात्र १० वटा ठूला खानेपानी योजना निर्माण गरिरहेको छ । सो योजनामा पनि काम गर्ने मान्छे पाउन मुस्किल छ । ग्रामीण जलस्रोत परियोजनाले मात्र दह खोला सिँचाइ, बिरा खानेपानी, तल्लाखाली खानेपानी, थलाचौका खानेपानी धल्काडा खानेपानी, रनेडा खानेपानीगायत १० वटा ठूलो योजना सञ्चालन गरेको निमित्त जिल्ला जलस्रोत सल्लाहकार नरवीर ऐडीले बताउनुभयो । 

त्योसँगै वडापालिका भवन निर्माण बाटो र पुलमा पनि ठूलो संख्यामा जनशक्ति परिचालन भइरहेकाले गाउँमा काम गर्न भ्याइनभ्याइ नभएको उहाँले जानकारी दिनुभयो । 

गाउँमै रोजगारीको अवसरसँगै गाउँको विकास हुनथालेपछि यो वर्ष भारतमा चौकीदारीको काम गर्न जाने युवा यतै व्यस्त भएको वडा नं १ का वडाअध्यक्ष बलबहादुर रोकायाले बताउनुभयो । 

उहाँले भन्नुभयो,“गाउँका युवालाई गाउँमै स्वरोगार बनाउने गरी बजेट विनियोजनका साथै हरेक वडा र बस्तीमा खानेपानी र बाटो लगायतका विकास निर्माणका कामले सुबिधासँगै युवालाई रोजगारीे सिर्जना भइरहेको छ । ” 

गौमूल गाउँपालिका ग्रामीण जलस्रोत परियोजनाले गाउँपालिकाभित्र शुद्ध खानेपानीलाई सबैकोे पहुँचमा ल्याउन रू ८३ लाख ५० हजार भन्दा बढी रकम चालुतर्फ र दुई करोड ५८ लाख सात हजार भन्दा बढी पुँजीगततर्फ रकम विनियोजन गरेको छ । 

योवर्ष मात्र गाउपालिका भित्रका ३३९ घरपरिवारलाई शुद्ध खानेपानी व्यवस्थापन गरिने जसमा दुई हजार १७३ जनसंख्या लाभान्वित हुने जिल्ला खानेपानी उपभोक्ता महासंघका अध्यक्ष तुल्सीराम रोकायाले जानकारी दिनुभयोे । 

ग्रामीण जलस्रोत परियोजनाले गाउँमा खानेपानीको व्यवस्था गर्नुका साथै गाउँमा बेरोजगार युवालाई रोजगार दिएको वडा न ३ का वडा अध्यक्ष धनबहादुर बोहराले बताउनुभयो । गाउँको जनशक्ति बाहिर नजाने हो भने गाउँको विकास चाडै हुने उहाँले भन्नुभयो, “गौमूल गाउँपालिका जस्तै सबै स्थानीय तहमा विकास निर्माणका कार्य युवाको जिम्मा दिने हो भने जिल्लाको विकासमा अगाडि बढ्ने देखिन्छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ