सरोज थापा | चैत्र २५, डोल्पा । डोल्पाबाट एक सुत्केरि महिलाको हेलिकप्टरबाट उपचारको लागि उद्धार गरिएको छ । ठुलीभेरि नगरपालिका २ की फुलमाया बिकको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला अस्पताल डोल्पाले जानकारी दिएको छ ।

गर्भवति रहेकि फुलमायाले बारम्बार चेकजाचका लागि जानकारी दिदा पनि बेवास्ता गरेपछि उच्च रक्तचाफले थला पारेको चिकित्कसहरु बताउछन । एक साता पहिला सालबाट रगत बगेको हुन सक्ने र अबस्था निकै जटिल रहेकोले होसियार रहने भने पनि लापरवाहि गर्दा उच्चरक्तचापले थला पारेको डक्टर अनुप समालले जानकारि दिए ।

बारम्बार चेकजाच गर्न बोलाए पनि नआएको र जिल्लामा पउचार नहुने भए पछि तराइका ठुला अस्पतालमा लैजान सल्लाह दिए पनि नगएकाले गर्भवति आमाको ज्यान जोखिममा रहेको डक्टर समालले बताए । उनले भने जिल्लामा प्रयाप्त उपकरण पनि छैन र जनशक्ति पनि छैन अरु बिरामीका जेनतेन गरियो तर फुलमायाको अबस्था नाजुक रहेकोले जिल्लामा सकिएन ।

उच्चरक्तचापले थला परेकि फुलमायालाई डक्टर अनुपको सक्रियतामा हेलिकप्टरबाट आइतबार नै नेपालगञ्ज भेरि अस्पतलामा उपचारका लागि पठाएको स्टाफनर्स तारा बोहोराले जानकारी दिइन । उलने भनीन हामी सबैले निकै प्रयास गर्यौं तर बिरामीको अबस्था झनै नाजुक हुन थाले पछि क्षेत्रलाई भनेर थप उपचारको डाक्टर अनुपले नेपालगञ्ज रेफर गरेको हो ।

समयमा स्वास्थ्य सम्बन्धी जानकरी नलिने र आर्थिक अभाबका कारण गर्भवति महिलाले अकालमा ज्यान गुमाउनु पर्ने अबस्था डोल्पा लगायत हिमाली जिल्लामा आउने गरेको नागरिक समाजको दावी छ । बिरमाी फुलमायाको उपचार नेपालगञ्जमा भै रहेको उनका आफन्तले जानकारी दिएका छन ।

April 8, 2018
डोल्पा - DLP, समाज
हेलिकप्टरबाट सुत्केरीको उद्धार
By साझासवाल
4 मिनेट पढाइ