भास्कर के.सी | चैत २५, कञ्चनपुर | महेन्द्रनगर हिन्दुराष्ट्रका पक्षधर सुया सन्त श्रीनिवास गोलीकाण्डको विरोध गरिएको छ । महेन्द्रनगरको आईतबार नागरिक समाज कञ्चनपुरले एक कार्यक्रम गर्दै उक्त घटनाप्रति विरोध जनाएको हो ।

श्रीनिवास माथि शनिबार राति प्रवर्चन दिन जाने क्रममा आज्ञात समुहबाट गरिएको गोलि प्रहारबाट घाईते बनाईएको छन । उनको हाल विराजनगरमा उपचार भईरहेको छ ।

नागरिक समाज कञ्चनपुर आबद्ध आचार्य धनश्याम लेखकले हिन्दुत्व रक्षाका लागि योगदान गरिरहेका युवासन्त माथि गरिएको गालि प्रहार अमानवीय भएको बताए । श्रीनिवास माथि गोली प्रहार गर्नेलाई तत्काल पका्रउ गरि कारवाहि गरिनु पर्ने उनको भनाई रहेको छ ।