२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा एक फर्निचर उद्योगमा आगलागी, २० लाख बराबरको क्षति

२६ चैत्र २०७४, सोमबार ०६:००

चैत २६ राजविराज | सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चौकमा रहेको एउटा फर्निचर उद्योगमा गए राति आगलागी हुँदा रु २० लााख मूल्य बराबरको क्षति भएको छ । 

बलान बिहुल गाउँपालिका मौवहा चौकस्थित चौधरी यादवको घरमा सञ्चालन गरेको सियाराम शर्माको फर्निचर उद्योगमा विद्युत् (सर्ट) चुहिएर आगलागी हुँदा निजको फर्निचर उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

त्यस्तै छिमेकी देवनारायण साफीको एउटा घर, जीवछ साफीको तीन घर, लक्ष्मी साफीको दुई र चन्देश्वर यादवको एउटा घर जलेर नष्ट भएको प्रहरी चौकी बेल्हीले जनाएको छ । सो आगलागीबाट फर्निचर उद्योगमा रहेको टेबुल, कुर्सी, दराज, पलङ लगायतका समान जलेर नष्ट भएको पीडित शर्माले बताउनुभयो । 

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, सुन, चाँदी, गरगहना र नगदसहित रु २० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । आगोलाई स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको बारुण यन्त्रले नियन्त्रणमा लिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ