२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा बैशाखदेखी आर्थिक गणना

२०७४, २६ चैत्र सोमबार ०८:०९

चिसाङ शेर्पा/चैत्र २६ खोटाङ | खोटाङमा आगामी बैशाखदेखी आर्थिक गणना हुने भएको छ । जिल्लामा सञ्चालित व्यवसायको रेकर्ड राख्ने र आर्थिक नीति निर्माण गर्नका लागि तथ्याङ्क उपलब्ध गराउने उद्देश्यले आर्थिक गणना गर्न लागिएको हो । 


नेपालको प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ सफल पार्ने मुल ध्येयका साथमा आगामी बैशाख १ गतेदेखी जेठ ३१ गतेसम्म जिल्लामा सञ्चालित उधोग, व्यवसाय, पसल, होटल, विद्धालय लगायत सम्पुर्ण संघसंस्थाको आर्थिक क्रियाकलाप संकलन गरिने सोमवार दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा जनचेतना गोष्टीमा जानकारी गराईएको हो ।

नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग र जिल्ला आर्थिक गणनाले आफ्ना १७ जना गणक खटाएर जिल्लाभरीका आर्थिक एकाईका प्रतिष्ठान तथा व्यवसायहरुको ठेगाना दर्ता तथा स्वामित्व स्थिति, व्यवसाय सञ्चालन अवधि, व्यवसायको प्रकार, व्यवसायको शाखा प्रशाखाको स्थिति, मूख्य आर्थिक क्रियाकलाप, रोजगारी स्थिती, पूँजी लगानी, ऋणमा लगानीजस्ता विवरण संकलन गरिने जिल्ला आर्थिक गणना अधिकृत खगेन्द्र कार्कीले बताए । 

दर्ता नभएका कृषिक्षेत्र वन तथा माछापालन, सार्वजनिक प्रशासन सुरक्षा सम्बन्धि निकाय, अन्तर्राष्ट्रिय संघसंस्थाका क्रियाकलाप र स्वयंम आफैले उत्पादन र आफैले खर्च गर्ने विषयको भने आर्थिक गणना नहुने अधिकृत कार्कीले जानकारी दिए । 

नेपालको तथ्याङ्कीय ईतिहासमा प्रथमपटक गरिने गणना कागजी प्रश्नावली फारामका साथै अनलाईन सर्वेक्षण ई सेन्सस् मार्फत उत्तरदाताले आफ्नो व्यवसायको विवरण आफैंले भर्न सक्नेछन् । गणकमार्फत ट्यावलेट कम्प्युटर प्रयोग गरी गणना गर्न सकिने विधि अपनाईनेछ । यद्यपी, खोटाङमा ठूला आर्थिक क्रियाकलाप नभएकाले ई सेन्सस् र कागजी प्रश्नावली फारामवाट आर्थिक गणना गरिनेछ । 

आर्थिक गणना कार्यक्रम स्वागतयोग्य भएको र सफल बनाउन सवै एकजुट हुनुपर्ने जिल्ला आर्थिक गणना समन्वय समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए । आर्थिक गणना निश्पक्ष र पारदर्शि हुनुपर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाले सुझाव दिए ।    


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा