२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा आगलागीबाट ४ घर जलेर नष्ट, लाखौँको क्षति

२६ चैत्र २०७४, सोमबार ०९:१४

चैत २६ खोटाङ | आगलागी हुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेमा चार घर जलेर नष्ट भएको छ । 

स्थानीयवासी पदमराज राईको घरबाट सल्किएको आगोले आइतबार छिमेकी अकिलराज राई, अगमराज राई र गमराज राईको घर तथा गोठ जलेर नष्ट भएको हो । 

आगलागीमा पदमराजको रु २४ लाख ३० हजार, अकिलराजको रु २५ लाख ७९ हजार, अगमराजको रु २४ लाख ५१ हजार, गमराजको रु २२ लाख ९६ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

यस्तै, गोठ जल्दा गमराजको तीन बंगुर, ११ बाख्रा र आठ पाठा, अकिलराजको एउटा बाख्रा र नौ पाठा, पदमराजको दुई वटा बंगुर र चार वटा बाख्रा र अगमराजको दुईवटा बंगुर जलेर मरेको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । 

आगलागीबाट बिचल्लीमा परेका पीडितलाई आइतबार राति नै पाल, चामल, नूनतेल, तरकारी, चिउरा, चाउचाउलगायत प्रदान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताउनुभयो । यसअघि हलेसी बजारमा भएको आगलागीमा १३ घर क्षति भएको थियो । 

सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित जुरेथुम्का सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । शनिबार बिहानदेखि शुरु भएको डढेलो नियन्त्रण बाहिर गएको हो । 

डढेलो क्रमशः खनालबेँसी, ढकाल बेँसी र राईगाउँ हुँदै वनपालातर्फ फैलिएको वडाध्यक्ष वीरेन्द्र ढकालले बताउनुभयो । जिल्लाकै दोस्रो ठूलो सामुदायिक वनको पूर्वी जुरेथुम्काबाट शुरु भएको भीषण डढेलो क्रमशः पश्चिम जुरेथुम्कातर्फ फैलिँदै गएको छ । 

डढेलो निभाउने क्रममा स्थानीयवासी विप्लव राई घाइते भएका छन् । डढेलोमा परेर अनुहार पिल्सिएका राईलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको छ । 

पचास हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा लागेको डढेलोको धुवाँ टाढाटाढाबाट समेत देखिएको छ । शनिबार दिनभर २०० जना स्थानीयवासी भेला भएर निभाउने प्रयास गर्दा पनि डढेलो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीले बताएका छन् । 

जंगल सकिएपछि मात्र डढेलो आफँै नियन्त्रणमा आउने अवस्था देखिएको छ । सुक्खा मौसम भएकाले आगो नियन्त्रणमा लिन कठिनाइ भएको हो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो