२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी ५० प्रतिशत

२०७४, २६ चैत्र सोमबार ११:०२

चिसाङ शेर्पा/चैत्र २६ खोटाङ | दोश्रो खोटाङ हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पचास प्रतिशत पुरा भएको छ । कराते प्रतियोगिताको लोगो, मस्कट सार्वजनिक गर्दै प्रतियोगिताको आधा तयारी सकिएको सोमवार जिल्ला समन्वय समिति संयोजकको कार्यकक्षमा जानकारी गराईएको हो । 


जिल्लाको नक्सा भएको मस्कट तथा जनवार मध्येको राजा सिंह र खेलकुदको राजा कराते भएकाले सिंह र बाघको फोटो राखेर बनाईएको लोगो सार्वजनिक गरिएको थियो ।  

नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा १७ स्वर्ण, १७ कास्य ३४ पदकगरी ६८ पदकको लागि आगामी बैशाख २० गतेदेखी २२ गतेसम्म सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेलमैदानमा हुने प्रतियोगिताका लागि मञ्च, प्याराफिटको काम आधा र आर्थिक संकलन ४० प्रतिशत पुरा भएको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सन्जय कुमार राईले बताए । ऐसेलुखर्क गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकाबाट प्रतियोगिताका लागि सहयोग रकम विनियोजन भईसकेको र अन्य गाउँपालिका तथा नगरपालिकाबाट सहयोग रकम आउने क्रम जारी रहेको अध्यक्ष राईले जानकारी दिए । 

करीब ५० लाख लागतमा हुने प्रतियोगितामा आयोजकसहित १५ टिमले सहभागिता जनाउने छन् । नेपालको ७ प्रदेशको एक÷एक टिम, अन्तर्राष्ट्रिय टिमहरु भारत, श्रीलंका, भुटान, बंगलादेश, बिभागिय टिमहरु नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको सहभागिता रहने नेपाल सितोरियो कराते संघ खोटाङले जनाएको छ ।

अन्तर्राष्ट्रिय टिममा हाल भारत र भुटान निश्चित भएको र अन्य दुई राष्ट्रको भने टुंगो भईसकेको छैन । 

जिल्लाको पर्यटन प्रर्बद्धन, ब्यापार ब्यवसायमा टेवा पुग्ने उद्देश्यले सञ्चालन हुने प्रतियोगिताका टिम प्रथमले १ लाख, दोश्रोले ७० हजार र तेश्रोले ५० हजारका साथ ट्रफि र प्रमाणपत्र पाउनेछ । अनुशासित टिम, उत्कृष्ट मार्चपास टिम, उत्कृष्ट महिला÷पुरुष, उत्कृष्ट टिम कोच, उत्कृष्ट टिम व्यवस्थापक तथा अनुशासित पुरुष÷महिलाले जनही २०÷२० हजार नगद पुरस्कार हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित