२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी ५० प्रतिशत

२६ चैत्र २०७४, सोमबार ११:०२

चिसाङ शेर्पा/चैत्र २६ खोटाङ | दोश्रो खोटाङ हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पचास प्रतिशत पुरा भएको छ । कराते प्रतियोगिताको लोगो, मस्कट सार्वजनिक गर्दै प्रतियोगिताको आधा तयारी सकिएको सोमवार जिल्ला समन्वय समिति संयोजकको कार्यकक्षमा जानकारी गराईएको हो । 


जिल्लाको नक्सा भएको मस्कट तथा जनवार मध्येको राजा सिंह र खेलकुदको राजा कराते भएकाले सिंह र बाघको फोटो राखेर बनाईएको लोगो सार्वजनिक गरिएको थियो ।  

नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा १७ स्वर्ण, १७ कास्य ३४ पदकगरी ६८ पदकको लागि आगामी बैशाख २० गतेदेखी २२ गतेसम्म सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेलमैदानमा हुने प्रतियोगिताका लागि मञ्च, प्याराफिटको काम आधा र आर्थिक संकलन ४० प्रतिशत पुरा भएको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सन्जय कुमार राईले बताए । ऐसेलुखर्क गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकाबाट प्रतियोगिताका लागि सहयोग रकम विनियोजन भईसकेको र अन्य गाउँपालिका तथा नगरपालिकाबाट सहयोग रकम आउने क्रम जारी रहेको अध्यक्ष राईले जानकारी दिए । 

करीब ५० लाख लागतमा हुने प्रतियोगितामा आयोजकसहित १५ टिमले सहभागिता जनाउने छन् । नेपालको ७ प्रदेशको एक÷एक टिम, अन्तर्राष्ट्रिय टिमहरु भारत, श्रीलंका, भुटान, बंगलादेश, बिभागिय टिमहरु नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको सहभागिता रहने नेपाल सितोरियो कराते संघ खोटाङले जनाएको छ ।

अन्तर्राष्ट्रिय टिममा हाल भारत र भुटान निश्चित भएको र अन्य दुई राष्ट्रको भने टुंगो भईसकेको छैन । 

जिल्लाको पर्यटन प्रर्बद्धन, ब्यापार ब्यवसायमा टेवा पुग्ने उद्देश्यले सञ्चालन हुने प्रतियोगिताका टिम प्रथमले १ लाख, दोश्रोले ७० हजार र तेश्रोले ५० हजारका साथ ट्रफि र प्रमाणपत्र पाउनेछ । अनुशासित टिम, उत्कृष्ट मार्चपास टिम, उत्कृष्ट महिला÷पुरुष, उत्कृष्ट टिम कोच, उत्कृष्ट टिम व्यवस्थापक तथा अनुशासित पुरुष÷महिलाले जनही २०÷२० हजार नगद पुरस्कार हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो