२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङका स्थानीय तहमा चेम्बर अफ कमर्श

२६ चैत्र २०७४, सोमबार ११:३१

चैत २६ खोटाङ | दुईवटा नगरपालिका तथा आठ गाउँपालिका रहेको जिल्लाको सबै स्थानीय तहमा नेपाल चेम्बर अफ कमर्श स्थापना गरिएको छ । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ अन्तर्गत ‘स्थानीय राजश्व परामर्श समितिमा व्यवस्था भएको निजी क्षेत्रको उद्योग वाणिज्यसम्बन्धी मान्यताप्राप्त संस्थाको गाउँ वा नगर समितिअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा समिति गठन गरिएको हो । 

केही समयअघि मात्र नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य खुसनारायण सैँजुको अध्यक्षतामा गठन भएको खोटाङ चेम्बर अफ कमर्शमा आबद्ध रहनेगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकासहित अन्य आठवटा गाउँपालिकामा समिति गठन गरिएको छ । 

सुमन श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय दिक्तेल रुपाकोट मझुवागढी चेम्बर अफ कमर्श, किशोर श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय हलेसी तुवाचुङ चेम्बर अफ कमर्श, मीना राईको अध्यक्षतामा १३ सदस्यीय दिप्रुङ चुइचुम्मा चेम्बर अफ कमर्श, दीर्घबहादुर मगरको अध्यक्षतामा १३ सदस्यीय बराहपोखरी समिति, रावाबेँसीमा खेमराज देउसालीको अध्यक्षतामा तथा जन्तेढुंगामा गणेश उदासको अध्यक्षतामा तथा केपिलासगढीमा भानु तिम्सिनाको अध्यक्षतामा १५ सदस्यीय समिति र पुष्पराज श्रेष्ठको अध्यक्षतामा ऐसेलुखर्क चेम्बर अफ कमर्श गठन गरिएको छ । 

यस्तै, साकेला गाउँपालिकामा शिवकुमार बस्नेतको अध्यक्षतामा नौ सदस्यीय समिति तथा खोटेहाङ गाउँपालिकामा प्रदीप आचार्यको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो