२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

जिम्मेवारी पूरा नगर्ने नुवाकोटका ८ जना प्राविधिक सेवाबाट बर्खास्त

२७ चैत्र २०७४, मंगलवार ०५:४३

चैत २७ नुवाकोट | तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै जिल्ला आयोजना कार्यान्वयन एकाइ नुवाकोटको सिफारिसमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइले आवास पुनःनिर्माणमा खटिएका सात जना इञ्जिनियर र एक जना सव–इञ्जिनियरलाई सेवाबाट हटाएको छ । 

भूकम्पपीडितलाई आवास निर्माणमा सहयोग तथा परामर्श दिन खटिएका इञ्जिनियरले तोकिएको जिम्मेवारी पूरा नगरेको, लाभग्राहीसँग रकम असुल गरेको, बानी व्यवहार तथा चालचलन गलत रहेको पाइएपछि कारबाही गर्दै आठ जना प्राविधिकलाई सेवाबाट हटाइएको नुवाकोटका एकाइ प्रमुख विदुर खड्काले जानकारी दिनुभयो । 

कारबाहीमा पर्नेमा इञ्जिनियर किस्पाङ–३ काहुले खटिएका वसन्त घिमिरे, किस्पाङ–५ मनकामना खटिएका शेषनारायण भण्डारी, लिुख–३ सूर्यमती खटिएका धुव्रराज खरेल, मेघाङ–५ सामरी खटिएका रामजी श्रेष्ठ, तादी–४ सुन्दरादेवी खटिएका रिजन अगञ्जा, तादी–५ नर्जामण्डप खटिएका शेखर झा, पञ्चकन्या–१ चौघडा खटिएका राधाकान्त शाह र ककनी–४ ककनी खटिएका सव–इञ्जिनियर नवराज शर्मा चापागाई रहेका छन् । 

भूकम्पपीडितलाई सेवा पु¥याउन परिचालन भएका प्राविधिकले लाभग्राहीको मापदण्ड विपरीतको घर अनुदानको लागि सिफारिस गरिदिन घुस लिएको, नक्सा पास गर्नुपर्ने बाहना बनाएर अतिरिक्त रकम असुल गरेकोलगायतको अनियमिततामा संलग्न रहेको पुष्टि भएपछि जिल्लाको सिफारिसमा पाँच जना प्राविधिकलाई केन्द्रले यसअघि सेवाबाट हटाएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य