२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

जिम्मेवारी पूरा नगर्ने नुवाकोटका ८ जना प्राविधिक सेवाबाट बर्खास्त

२०७४, २७ चैत्र मंगलवार ०५:४३

चैत २७ नुवाकोट | तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै जिल्ला आयोजना कार्यान्वयन एकाइ नुवाकोटको सिफारिसमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइले आवास पुनःनिर्माणमा खटिएका सात जना इञ्जिनियर र एक जना सव–इञ्जिनियरलाई सेवाबाट हटाएको छ । 

भूकम्पपीडितलाई आवास निर्माणमा सहयोग तथा परामर्श दिन खटिएका इञ्जिनियरले तोकिएको जिम्मेवारी पूरा नगरेको, लाभग्राहीसँग रकम असुल गरेको, बानी व्यवहार तथा चालचलन गलत रहेको पाइएपछि कारबाही गर्दै आठ जना प्राविधिकलाई सेवाबाट हटाइएको नुवाकोटका एकाइ प्रमुख विदुर खड्काले जानकारी दिनुभयो । 

कारबाहीमा पर्नेमा इञ्जिनियर किस्पाङ–३ काहुले खटिएका वसन्त घिमिरे, किस्पाङ–५ मनकामना खटिएका शेषनारायण भण्डारी, लिुख–३ सूर्यमती खटिएका धुव्रराज खरेल, मेघाङ–५ सामरी खटिएका रामजी श्रेष्ठ, तादी–४ सुन्दरादेवी खटिएका रिजन अगञ्जा, तादी–५ नर्जामण्डप खटिएका शेखर झा, पञ्चकन्या–१ चौघडा खटिएका राधाकान्त शाह र ककनी–४ ककनी खटिएका सव–इञ्जिनियर नवराज शर्मा चापागाई रहेका छन् । 

भूकम्पपीडितलाई सेवा पु¥याउन परिचालन भएका प्राविधिकले लाभग्राहीको मापदण्ड विपरीतको घर अनुदानको लागि सिफारिस गरिदिन घुस लिएको, नक्सा पास गर्नुपर्ने बाहना बनाएर अतिरिक्त रकम असुल गरेकोलगायतको अनियमिततामा संलग्न रहेको पुष्टि भएपछि जिल्लाको सिफारिसमा पाँच जना प्राविधिकलाई केन्द्रले यसअघि सेवाबाट हटाएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते