2026-09-28 08:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमका विपन्न परिवारलाई जस्तापाता र विद्युतीय सामग्री वितरण

चैत २७ तेह्रथुम | तेह्रथुमको म्याङलुङ नगरपालिका–७ वडाभित्रका आर्थिकरुपले विपन्न परिवारका सदस्यलाई जस्तापाता, विद्युतीकरणका लागि मिटर बक्स र खानेपानी तथा सिँचाइका लागि पाइप वितरण गरिएको छ । 

वडा कार्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी वडाले वडा क्षेत्रका तीन परिवारलाई जस्तापाता वितरण गरेको हो । नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले वडाभित्रका विपन्न ठहरिएका मनबहादुर विक, देवीमाया विक र कुमारी दर्जीलाई प्रतिपरिवार रु १० हजार बराबरका जस्तापाता वितरण गर्नुभयो । 

त्यसैगरी विद्युतीकरणका लागि आर्थिक विपन्नताका कारण समस्या बेहोरिरहेका हेमबहादुर लिम्बू, तिलबहादुर विक, हर्कबहादुर लिम्बू, सुमित्रा माझी र जयबहादुर खड्कालाई प्रतिपरिवार रु छ हजार बराबरका मिटर बक्स, तारलगायतका विद्युतीकरणका सामग्री वितरण गरेको छ । 

यस्तै विभिन्न १६ परिवार लाभान्वित हुने गरी साना सिँचाइ तथा खानेपानीका लागि पाइप वितरण गरिएको वडा सचिव राम भट्टराईले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह