२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गुप्तेश्वरमा भक्तजनहरुको घुइचो

२०७२, २४ फाल्गुन सोमबार ०६:५८

फागुन २४, पर्वत / महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पुजा आराधना गरी आज देशभर मनाइदै छ ।
हिन्दु धर्मावलम्बीहरुले बिहानैदेखी नदी, कुण्ड र तलाउमा स्नान गरी महाशिवरात्री पर्व मनाउदै गरेका छन् । शिवरात्री पर्वको अबसरमा शिवलिंगमा शिन्दुर, अग्र, बेलपत्र, गाँजा धतुरो लगाएतका शिव भगवानलाई मनपर्ने पुष्प तथा बस्तुहरुले चढाइ शिवरात्री पर्व मनाइदैछ ।

पर्वको अबसरमा पर्वतको गुप्तेश्वर, अल्पेश्वर, डहरेलेक, बागलुङको गौरीधाम शिव मन्दिर म्याग्दीको गलेश्वर, मुस्ताङको मुक्तिनाथ लगायतका बिभिन्न शिवालय मन्दिरमा गई श्रद्धाभक्तिपूर्वक पूजा आराधनागर्ने गरिन्छ । भक्तजनहरु शुद्ध भई शिव मन्दिरमा पूर्जा अर्चना गरी ब्रत बस्ने र भगवान शिवको प्रिय बस्तु, दुध, धतुरो र बेलपत्र समेत चढाउने गर्छन् ।

माघ महिनामा महादेवको रुद्रत्व अर्थात जगतलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्र बिहिन भई जीर्ण भइरहेका रुख, बिरुवा तथा झारहरु उनै महादेवको शिवत्वले गर्दा पलाउन थाल्ने हुनाले फागुन महिनामा शिवरात्री मनाउने गरिएको हो बताइन्छ ।

गुप्तेश्वर गुफाको दर्शन र गुफा भित्र रहेको शिबलिंगको पुजा गर्न बिहानै देखि भक्तजनको भीड लागेको थियो । गुप्तेश्वर गुफामा पार्वतीले महादेबलाई पतिको रुपमा पाउँ भनि ब्रत बसेको र भगवान शिब गुप्त रहेको धार्मिक बिश्वास रहि आएको छ । एक किलोमिटर लामो गुफामा देबदेबताको दर्जनौ आकृतिहरु रहेका छन । यस्तै खनियाघाट स्थित शिवालय मन्दिरमा पनि भक्तहरुले देवाधिदेव महादेवको पूजा अराधना गरी शिवरात्री पर्व मनाउने गर्दछन् ।

कुस्मा नजिकै कटुवाचौपारी गाबिसमा रहेको अलपेश्वर गुफामा पनि दर्शनार्थीको भीड लाग्ने गर्दछ। पर्वत, कास्की र स्याङ्गजाको सिमानामा पर्ने पञ्चासे, डहरे, सेतीबेणी शिला लगायतका शिबालय मन्दिरहरुमा मेला लाग्ने गर्दछ । आज सोमबार हिन्दूहरुले महादेवको पूजा, ब्रत, होम आदि गरेर महाशिवरात्रि पर्व मनाउँदै छन् । हरेक वर्षजस्तो यस वर्ष पनि राजधानी काठमाडौंको पशुपतिनाथ मन्दिरमा ठूलो शिवरात्रि मेला लाग्दैछ ।भोलि सोमबार हिन्दूहरुले महादेवको पूजा, ब्रत, होम आदि गरेर महाशिवरात्रि पर्व मनाउँदै छन् । हरेक वर्षजस्तो यस वर्ष पनि राजधानी काठमाडौंको पशुपतिनाथ मन्दिरमा ठूलो शिवरात्रि मेला लाग्दैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी