२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

बम विष्फोटमा परेका पूर्वसांसद नारायण कार्कीलाई नोबेल मेडिकल कलेजको सहयोग

२७ चैत्र २०७४, मंगलवार ०८:१५

चैत २७ विराटनगर | विराटनगरस्थित नोबेल मेडिकल कलेज एवं शिक्षण अस्पतालले नेपाली काँग्रेस उदयपुरका पूर्व जिल्ला सभापति नारायणबहादुर कार्कीको उपचारमा सहयोगका लागि आज यहाँ रु एक लाख सहयोग गरेको छ । 


अस्पतालका निर्देशक सुनिल शर्माले काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूलाई उक्त रकमको चेक आज हस्तान्तरण गर्नुभयो । संघीय संसद्को दोस्रो चरणको निर्वाचनमा उम्मेदवार कार्की चुनाव प्रचारका क्रममा निर्वाचन बहिष्कार समूहद्वारा गरिएको कुकर बम विष्फोटनमा घाइते हुनुभएको थियो । 

पूर्वसभापति कार्कीको अहिले शिक्षण अस्पताल काठमाडौँमा उपचारका लागि आर्थिक समस्या उत्पन्न भएको छ । निर्वाचनमा घाइतेको सम्पूर्ण उपचार सरकारले बेहोर्ने भने पनि समुचित सहयोग नपाइएको गुनासो उहाँको परिवारले गरेको छ । 

चेक हस्तान्तरण समारोहमा काँग्रेस सभापति लिम्बूले काँग्रेस र वर्तमान सरकार संवेदनशील भएर घाइतेको उपचारमा लाग्नुपर्नेमा जोड दिनुभयो । नोबेल अस्पतालका निर्देशक शर्माले आगामी दिनमा पनि थप सहयोग गरिने दृढता व्यक्त गर्नुभयो । नोबेल अस्पतालले असहाय र गरीबलाई निःशुल्क उपचार सेवा दिने गरेको बताइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य