२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कसरी शुरु भयो नारी दिवस ? कसरी मनाइयो पर्बतमा !

२५ फाल्गुन २०७२, मंगलवार ०९:४९

महेन्द्र के.सी./फागुन २५, पर्बत । मंगलबार मार्च ८ तारिख, १ सय ६ औँ अन्तर्रा्ष्ट्रिय महिला दिवस । महिला हक, अधिकारको कुरा गर्ने दिन । अभियानमा लागेका महिला र राजनीतिक दलका अगुवा नेतृहरुलाई त यो दिन भ्याईनभ्याई हुन्छ । कर्मचारी महिलालाई सार्वजनिक बिदा हुन्छ । तर अरु महिलालाई भने हिजो र आजको दिनमा खासै फरक हुँदैन ।

सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्युयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयका विरुद्ध सडकमा आन्दोलन गरेका थिए । त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तर्रा्ष्ट्रिय समाजबादी समूहले डेनमार्कको कोपनहेगनमा महिलाको अधिकार र उनीहरुको आन्दोलनको समर्थनमा सम्मेलनको आयोजना गरे, जसमा १७ देशका एकसय जना महिलाको सहभागिता थियो । सन् १९११ मा पहिलोपटक, अस्ट्रिया, डेनमार्क, जर्मेनी, स्विट्जरल्यान्ड आदि देशमा महिला दिवस मनाइयो ।

त्यसपछि विश्वका विभिन्न देशमा अभियानको रुपमा महिला दिवस मनाउन थालिएको हो । अहिले नेपाली महिलाले पनि यो आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग गाँसेर दिवस मनाउने क्रमले निरन्तरता पाउंदै आएको छ । पुरुष सरह महिलाको अधिकार हुनुपर्ने आवाज उठाउँदै यो दिवस मनाइन्छ । १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दर्जा प्राप्त भयो ।

त्यस समय यसको प्रमुख ध्येय महिलाहरुलाई मताअधिकार दिनु थियो । त्यस भन्दा अगाडि विश्वको कुनै पनि देशमा महिलालाई भोट दिन पाउने अधिकार थिएन । उनीहरु मताधिकारबाट पूर्णत बञ्चित थिए । नेपालको संविधान २०७२ ले सबै निकायमा ३३ प्रतिशत महिला आरक्षणको व्यवस्था गरेको छ । त्यस अनुसार राष्ट्रपति, सभामुखमा महिलाले नै नेतृत्व गरेका छन् ।

विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति र ओनसरी घर्ति पहिलो महिला सभामुख बन्नेका छन् । यस्तै सुशीला कार्की पनि पहिलो महिला प्रधान न्यायाधीश बन्ने क्रममा छिन् । पर्वत जिल्लामा नारी दिवस अर्थात् अन्तराष्ट्रिय श्रमिक महिला कसरी मनाइयो त त्यसको बारेका केहि जानकारी दिन खोजिरेहका छौं ।

पैसा दिनुस सम्मान लिनुस्
रेडियो दिदीबहिनीले आयोजना गरको पश्चिमाञ्चल बृहत महिला महोत्सव तथा रेडियोको छैठौ बार्षिक उत्सवमा महिलालाई आर्थिक शोषणको राम्रो अस्त्रका रुपमा प्रयोग गरिएको छ ।

महोत्सवको आयोजना गरेपछि महोत्सवमा आउने कलाकार तथा विजेतालाई पुरस्कार दिनको लागि आर्थिक स्रोतको आवश्यकता पर्छ । यदि आर्थिक अबस्था कमजोर भएको भए पनि बर्ष दुइ पटक महोत्सवको आयोजना गर्न कसरी सम्भव हुन्छ त्यो भने खोजिएको विषय बनेको छ । महिला दिवस अर्थात नारी दिवसको अबसरमा उक्त कार्यक्रममा महिलालाई सम्मान दिएको ढोङ रच्नको लागि एउटा अस्त्रनै प्रयोग गरीयो जून कसैलाई पत्तै भएन् ।

“पैसा दिनुस्, सम्मान लिनुस” अर्थात् कार्यक्रमलाई सहयोग गरेको बहानामा महिला दिदीबहिनीलाई जम्मापारी सभासद कल्पना चापागाईले सहजरुपमा आर्थिक शोषण गर्ने बाताबरण तय गरीन् । महिलाहरुलाई एक हजार भन्दा बढी रकम दिएमा सम्मान गर्ने बारम्बार घोषणा गर्दै महिला दिदीबहिनीहरुलाई सभासद चापागाईले नारी दिवसकै दिनमा आर्थिक शोषण गरीन् तर सरोकारवाला निकायहरुलाई त्यो भने पत्तै भएन् ।

उनीहरु सम्झे खुसी मनले सहयोग गरे तर उनको अस्त्र यस्तो थियो किन जून सर्पपनि मरोस् लठ्ठी पनि नभाचियोस् । नारी दिवसको आडमा उनको लुटको खेतीलाई कसैले विश्लेषण गर्न सकेका पनि छैनन् र खोजिरहेका पनि किनकी उनको अस्त्रनै त्यस्तै छ । जिल्लामा रहेका महिलामानव अधिकारकर्मी , महिला समुह , सरोकारवला निकाय उनको अस्त्रको राम्रो रुपमा बुझेका पनि छन् तर बोल्न सकेका छैन । उनीहरु भन्छन्, “यो महिला दिवसमा एउटा चौरमा महिलाहरुलाई पैसा तिराएर भेडाबाख्राको झै हुलेर आर्थिक शोषण गर्नु हुदैन यो त महिलामाथि महिलाकै शोषण भयो” ।

तर यसको बारेमा बोल्ने कोहि छैन ।
महिला तथा बालबालिका कार्यालय, महिला मानवअधिकारकर्मीहरुको संञ्जाल, स्थानीय सरोकारवाला निकायले औपचारीकतामा मात्रै नारी दिवसलाई मनाएका छ्न ।

सरकारी तथा गैरसरकारी कार्यालयका महिलालाई सार्वजानिक विदा दिएर र बन्द कोठामा सदरमुकाम भित्रका अलि बाठा र बुझेका महिलालाई भेला गरेर मात्र यो दिवस मनाइएको छ तर जिल्लामा पछिल्लो समयमा महिला हिंसाका घटनाहरु बढेका छन् जसको नियन्त्रणको लागि सम्बन्धीत निकायको पहल हुन भने सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल