२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरी जिल्ला अदालतका १ कैदीको उपचारका क्रममा मृत्यु

२०७४, २८ चैत्र बुधबार ०७:०३

चैत २८ गौशाला | कर्तव्य ज्यान मुद्दामा कारागार गृहमा बस्दै आएका एक कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । 

मृत्यु हुनेमा महोत्तरीको साबिक हरिहरपुर हरिणमरी–९ का ८० वर्षीय रामेश्वर सदा मुसहर रहेको कारागार कार्यालय महोत्तरी जलेश्वरका प्रमुख शोभेन्द्र ठाकुरले बताउनुभयो । 

कारागार कार्यालय महोत्तरी जलेश्वर

महोत्तरी जिल्ला अदालतको २०६२ साल असार १५ गतेको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकी फरार रहँदै आएका रामेश्वर सदा मुसहरलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले २०७४ साल मंसिर ८ गते पक्राउ गरी अदालतमा उपस्थित गराउँदा सोही मितिदेखि लागू हुनेगरी अदालतले उनलाई कारागार कार्यालय महोत्तरीमा कैद भुक्तानीका लागि पठाएको थियो । 

तर निज रामेश्वर सदा मुसहर कारागारमा बसेको ४ महिना २० दिनमै उनको आज बिहान करीब १० बजे जिल्ला अस्पताल जलेश्वरमा उपचारका क्रममा मृत्यु भएको प्रमुख ठाकुरले बताउनुभयो । 

पक्राउ पर्नुअघि देखि नै क्षयरोगका बिरामी रहेका रामेश्वर गत सोमबार अचानक अत्यधिक बिरामी भई उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाई आकस्मिक वार्डमा भर्ना गराई उनको उपचार भइरहेको थियो । 

परीक्षणपछि मृतक सदाको शव परिवारजनलाई बुझाउने तयारी गरिहेको कारागार प्रशासनले जनाइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी