पढ्न करिब 1 मिनेट लाग्छ

चैत २८ पाल्पा | कालीगण्डकी नदीमा बेपत्ता भएका एक बालक आज मृत अवस्थामा फेला परेका छन् ।

कालीगण्डकी नदीमा सोमबार दिउँसो बेपत्ता भएका रम्भा गाउँपालिका–१ हुँगी पाल्पाका ३ वर्षीय अबिरल पुनको शव सिद्धबाबा मन्दिर नजिकै कालीगण्डकीको किनारमा पानीमुनि तैरिएर बसेको अवस्थामा स्थानीयवासीले फेला परेका हुन् ।

स्वास्थ्य परीक्षणका लागि उनको शव रामपुर अस्पतालमा ल्याइएको छ भने उनीसँगै नदीमा पौडी खेल्न गएका सोही ठाउँकै ५ वर्षीय सरोज राना अझै भेटिएका छैनन् । उनको खोजी कार्य जारी रहेको जनाइएको छ । रासस