२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

रारा आउने पर्यटकलाई गाउँमै बास

२०७४, २९ चैत्र बिहीबार ११:१३

चैत २९ मुगु | आगामी वैशाख १ गते उद्घाटन हुने रारा कणाली पर्यटन वर्षको कार्यक्रममा सहभागी हुने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमै बासको व्यवस्था गरिएको छ । 

रारा तालको नजिक रारा राष्ट्रिय निकुन्जको चमेना गृह (डाँफे होटल) र अर्को पाहुना घर(भिलेज हेरिटेज रिसोर्ट)ले रारा आउने पर्यटकलाई खाने बस्नेलगायत व्यवस्था धान्न नसक्ने भएकाले उनीहरुलाई जिल्ला समन्वय समितिले गाउँमै बासको व्यवस्था मिलाउने भएको छ । 

रारा वरिपरि रहेका झघट्ट, मुर्मा, झयारी, सल्लेरी, पिना, टोप्ला, ताल्च, माथीतुम, तलितुम र लामाचौरमा घरबासको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो । ती गाउँमा वर्षभरि आउने पर्यटकलाई गाउँमै बास र स्थानीय खाना खुवाउने गरी घरबास (होमस्टे)सञ्चालन गर्ने गाउँलेले सहमति जनाएको र शुल्क पर्यटकको इच्छाअनुसार लिने समझदारी भएको उहाँले बताउनुभयो । 

प्रजिअ अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकाया, छायाँनाथ रारा नगरपलिकाका प्रमुख हरिजंग शाही, उपप्रमुख सुल्तला रोकाया र पत्रकार महासंघको टोलीले १० वटै गाउँमा पर्यटकको बासका लागि पहल गरेका हुन् । 

गाउँलेकै सक्रियतामा प्रत्येक गाउँमा युवा समिति गठन गरिएको छ । ती समितिमा रहेका युवाले गाउँमा आउने पर्यटकलाई रारा घुमाउने, गाउँघरमा मदिरा नियन्त्रण गर्नेलगायत सामाजिक कार्य गर्नेछन् । वैशाख १ गते रारा तालबाट रारा कर्णाली पर्यटन वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गरी उद्घाटन गर्ने कार्यकक्रम रहेको छ । प्रधानमन्त्रीले उद्घाटन गरेपछि कर्णाली प्रदेशमा वर्षभरी विभिन्न कार्यक्रम गरेर पर्यटन वर्ष मनाइनेछ । 

पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आउने आन्तरिक तथा बाह्य पर्यटकको चापको आँकलन गरी व्यवस्था मिलाइएको छ । उक्त दिन सञ्चार सेवा नियमित र इन्टरनेट सेवा तीव्र गतिको दिने नेपाल टेलिकम र वल्डलिंकले प्राविधिकलाई तयारी अवस्थामा राखेका छन् । प्राकृतिक सौन्दर्यको खानी रारामा फोहोरमैला व्यवस्थापनका लागि नेपाल टेलिकमले प्लास्टिक डस्बिन राखिसकेको छ, भने फोहर उठाउन तथा व्यवस्थापन गर्न सरसफाइ युवा स्वयंसेवक तयार पारेको छ । 

उद्घाटन कार्यक्रमको तयारीका लागि विभिन्न उपसमिति गठन गरी कार्य भइरहेको र सबै काम अन्तिमचरणमा पुगेको जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकायाले बताउनुभयो । वैशाख १ गते रारामा जिल्लामा रहेका चार स्थानीय तहले स्थानीय लोक झाँकी, देउडा, ढाल नाच, चुम्फा नाच, झोडा र बालो प्रदर्शन गर्ने कार्यक्रम छ । 

उक्त दिन पर्यटकलाई तालमा डुङ्गगामा घुमाउन डुङ्गा र ताल वरिपरी घुमाउन घोडाको व्यवस्था मिलाइएको छ । रारा आउने पर्यटकलाई सहजताका लागि सडक डिभिजन कार्यालय जुम्लाले मुगुको सिमाना बुलबुलेदेखि सल्लेरी र रारा विमानस्थलसम्म सडक बनाउन थालेको छ । हवाई यात्राका लागि नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान गर्न सबै विमान कम्पनी सहमत भएका छन् । 

पर्यटन वर्षको उद्घाटनसँगै देशवासीको नाममा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएकाले मुगु जिल्लावासीले प्रधानमन्त्रीको सम्बोधनमा मुगु नाग्चेलाग्ना तिब्बत् सडक, कणाली राजमार्ग, छायाँनाथ रारा पर्यटकीय पदमार्ग, रारा हिल्सा पदमार्ग, रारा सेफोक्सुण्डो पदमार्ग तथा रारा खप्तड पदमार्गबारे विषेश सम्बोधन हुने आशा गरेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला