२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

प्रदेश ५ मा सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक

२९ चैत्र २०७४, बिहीबार ११:१५

चैत २९ रुपन्देही | प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेशसभासामु सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक गर्नुभएको छ । 

प्रदेशसभा बैठकमा स्थितिपत्र सार्वजनिक गर्दै उहाँले प्रदेश नं ५ मा २६ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको जानकारी दिनुभयो । 

बाह्र जिल्ला रहेको यस प्रदेशमा समृद्धिका आधार र चुनौतीसमेत केलाउँदै मुख्यमन्त्री पोखरेलले चुनौतीको सामनापछि नमूनायोग्य प्रदेशका रुपमा रुपान्तरण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “तराईका जिल्लाको उर्वरभूमि यस प्रदेशमा रहेकाले भरपर्दो सिँचाइको व्यवस्था भए त्यसबाट उल्लेखनीय परिवर्तन गर्न सकिन्छ ।” 

मुख्यमन्त्री पोखरेलले अव्यवस्थित जग्गा प्लटिङको शृङ्खलाले भूमिको खण्डीकरण भइरहेकामा चिन्ता व्यक्त गर्दै पहाडी क्षेत्रमा कृषियोग्य भूमि बाँझो अवस्थामा रहेको बताउनुभयो । 

खुला सिमानाका कारण भारतबाट आउने कृषि उपजले स्वदेशमै उत्पादन हुने कृषि उपजलाई विस्थापन गरिरहेको सन्दर्भ अघि सार्दै उहाँले सहकारीको व्यवस्थापन र भौतिक पूर्वाधारको अभाव चुनौतीका रुपमा रहेको बताउनुभयो । 

एकसय नौ स्थानीय तह भएको प्रदेश नं ५ मा चार उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका रहेका छन् । 

तराई क्षेत्रसमेत रहेको यस प्रदेशमा सात हजार उचाइका हिमालसमेत रहेको छ । रुकुम हिमाली जिल्लाका रुपमा रहेको छ । 

पन्चानब्बे जातजाति रहेको यस प्रदेशमा ४४ लाख ५८ हजार २५३ जनसङ्ख्या रहेको छ जहाँ ५२.४३ प्रतिशत महिला र ४७.५७ प्रतिशत पुरुष रहेका छन् । 

स्थितिपत्रमा उल्लेख भएअनुसार रु दुई सय १० अर्ब बराबरको गार्हस्थ्य उत्पादन हुने यस प्रदेशमा ४६.५ प्रतिशत कृषि क्षेत्रको योगदान रहेको छ । 

यो प्रदेश दाल र तेलहनमा पहिलो स्थानमा रहेको छ भने माछा उत्पादनमा दोस्रो स्थानमा रहेको छ । खाद्यान्न उत्पादन गरेर निर्यात गर्न सक्ने अवस्थामा पनि त्यत्तिकै रहेको छ । 

शिक्षा, स्वास्थ्य, खानेपानी, शौचालयलगायतका सामाजिक तथा आर्थिक विकासका सूचकाङ्कहरु पनि स्थितिपत्रमा समेटिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य