२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका मेडिकलमै पाइन्छ लागुऔषध

३० चैत्र २०७४, शुक्रबार ०२:०६

चैत ३०, जुम्ला | जिल्लाका निजी औषधि पसलले लुकिछिपी लागुपदार्थ बेच्ने गरेको पाइएको छ । आजको अन्नपूर्ण पोस्टको पृष्ठ १० मा यो समाचार छापिएको छ ।

दुव्र्यसनीमा फसेका धेरै समूहले बाहिरी जिल्लाबाट लागुपदार्थ झिकाएर उपभोग गर्ने गरेको बताइए पनि पछिल्लो समय जिल्लाभित्रकै मेडिकलबाट लागुऔषध किनबेच हुने गरेको छ ।

मेडिकलहरूले अफिम, कोकिन, हिरोइन तथा ब्राउन सुगरजस्ता प्राणघातक लागुपदार्थ बेच्ने गरेको जुम्लाका डीएसपी डा. तपनकुमार दाहालको भनाइ छ ।

तथ्य प्रमाण भेटिए किनबेच गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउने दाहालको भनाइ छ । मेडिकल सञ्चालक तथा लागुपदार्थ प्रयोगकर्ताबीचको मिलेमतोमा लागुऔषध कारोबार हुँदा अनुसन्धान गर्न समस्या भएको उनले बताए ।

‘लागुऔषध दुव्यवसनमा संलग्नबारे प्रहरी अनुसन्धान जारी छ। यो अपरेसन प्रहरी एक्लैले गरेर सम्भव छैन । युवालाई दुर्व्यसनबाट टाढा राख्ने वातावरण बनाउनु सबै निकायको दायित्व हो’, दाहालले भने, ‘प्रहरी नियन्त्रणमा रहेकालाई कानुनअनुसार जरिवाना तथा कैद सजाय हुन्छ।’दुव्र्यसनमा फसेका युवालाई यसबाट टाढा राख्ने वातावरण बनाउन सबै निकायको दायित्व हुने दाहालले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की