Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ चैत ३० गते, राति ३:३१ बजे
डोटी - DT

भालुको आक्रमणले दुई गम्भीर

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

प्रकाश बम | चैत ३०, डोटी | डोटीमा भालुको आक्रमणबाट दुई जना गम्भिर घाईते भएका छन् । बिहिबार दिउँसो दुइ बजे तिर आर्दश गाउपालिकाको –१ बाझककानि चासीका २२ वर्षीय रामबहादुर सुनार र सोहि ठाउँका ४२ बर्षिय बिर बहादुर भुल घाइते भएका हुन् ।

घर भन्दा केहि टाढा रहेको जंगलमा गाई, बाख्रा चराउन गएको बेला भालुले आक्रमण गरेको स्थानियले जानकारी दिएका छन् । घाईते रामबहादुर सुनारको डोटीमा उपचार हुन नसकेपछि नेपालगंज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । अर्का घाइते बीर भुलको भने डोटी स्थित शैलेश्वरी अस्पतालमा उपचार भैरहेको छ ।

पछिल्लो समय भालुको आक्रमणबाट दिनहुँ मानिसहरु सिकार बन्दै गएका छन् । यसरी निरन्तर आक्रमण हुदाँ स्थानियमा त्रास फैलिदै गएको छ ।