2026-09-15 01:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित बाजुराका गन्धर्व परिवार

चैत ३० बाजुरा | बाजुराको बूढीगंगा नगरपालिका– ७ सिमलकोटमा सडक छेउमै एउटा सानो खरले छाएको छाप्रो छ । जस्ता पाताले छाएको जीर्ण घरमा तीन जनाको गन्धर्व परिवार बस्ने गरेका छन् । 

सडकको छेउमा स्थानीय दीपक सुनारले बनाएको टिनको टहरामा सपना गन्धर्वसहित उनका दुई छोरा बेसहारा जीवन बितारहेका छन् । सपनाका गन्धर्वका श्रीमान्को मुत्यु भएको तीन वर्ष भएको छ । 

उहाँका श्रीमान् धन गन्धर्वले पैसाको अभावमा उपचार नपाएरै त्यही छाप्रोमा ज्यान गुमाएको सपना गन्धर्वले गुनासो सुनाउनुभएको छ । 

उहाँले भन्नुभयो, “अर्काको छाप्रोमा बस्दै आएकी छु, मसँग जग्गा जमिन मात्र हैन, नागरिकतासमेत छैन ।” नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ताबापतको एकल भत्ता पाउनबाट समेत वञ्चित भएको बताउनुभयो । 

उहाँको नागरिकता बनाउन सनाखत बस्ने आफन्त नभएको र माइती सबैको मृत्यु भइसकेकाले आफूले अहिलेसम्म नागरिकता पाउन नसकेको राससलाई बताउनुभयो । 

नागरिकता बनाउनका लागि स्थानीय जान्नेबुझ्नेलाई पटक÷पटक आग्रह गरिन् । तर कसैले सनाखत नगरिदिएको र नागरिकता बनाउन के–के चाहिन्छ भन्ने जानकारी नभएका कारण नागरिकताबाट वञ्चित भएको सपनाको भनाइ छ । 

नागरिकता बनाउन कर्मचारीले माइतीको नागरिकता ल्याउन भन्छन् तर कालिकोटमा रहेका माइतीका सबै जनाको मृत्यु भइसकेकाले समस्या परेको सपनाको गुनासो गर्नुभयो । 

छोरालाई पढाउनका लागि आर्थिक अभावमा झोला किन्ने पैसा नभएर हातमा नै किताब बोकेर विद्यालय जाने गर्दछन् । 

सपना सिमलकोटमा बस्न थालेको १५ वर्ष जति भयो । पहिले अरुको गोरु गोठमा आश्रय लिएको उनको परिवारलाई दीपक सुनारले आफ्नो सानो छाप्रो दिएपछि पाँच वर्षदेखि यही घरमा बस्ने गरेको बताउनुभयो । 

श्रीमानको मृत्युपछि सपनाको काँधमा दुई छोरा पालनपोषण गर्ने एकल जिम्मेवारी थपियो । श्रीमान् हुँदा गीत गाएर, माटोका भाँडा बनाएर परिवारको गुजारा चल्थ्यो । श्रीमान्को मृत्युपछि मागेर नै छोरा र आफ्नो गुजारा चलिरहेको सपनाले बताउनुभयो । 

सपनाको जेठो छोरा सागर कक्षा ५ र कान्छो छोरा राजेश गाउँकै शारदा माविमा कक्षा २ मा पढिरहेका छन् । हातमा पैसा नहुँदा कपी, कलम र विद्यालय लग्ने झोलासमेत छोरालाई किन्न नसकेको उहाँको भनाइ छ । 

बूढीगंगा नगरपालिकाका नगर प्रमुख दीपकविक्रम शाहले अल्पसंख्यकमा रहेका गन्धर्व समुदायका मानिसको जीवनस्तर सुधार र नागरिकता बनाउन पहल गर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ