२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा रगत अभावमा एक सुत्केरी महिलाको ज्यान जोखिममा

२०७४, ३० चैत्र शुक्रबार ०९:०८

चैत ३० बाजुरा | बाजुराको जगन्नाथ गाउँपालिका–१ ढाँडाकोटकी सुत्केरी २३ वर्षीया मरु विकको रगत अभावका कारण ज्यान जोखिममा रहेको छ । उहाँ सुत्केरी भएको १८ दिन भयो । बच्चा पाएको १३ दिनपछि लगातार रगत बग्न थालेको विकले बताउनुभयो । 

बच्चा पाउनका लागि जगन्नाथ स्वास्थ्य चौकी जाँदा बीचबाटोमै बच्चा पाएर घर गएकी हुँ । बच्चा पाएको १३ दिनपछि मात्र रगत बग्न थालेको विकको भनाइ छ । 

उहाँले घरमा दुई छोरा भएकाले छोरीको आशमा बच्चा एक स्वास्थ्य संस्थामा गएर गर्भपतन गरेको बताउनुभयो । सोही पछिको हाल जन्मेको शिशुपछि रक्तश्राव बढ्दै गएकाले शरीरमा चार प्वाइन्ट रगत भएकाले सुत्केरी आमाको ज्यान जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिनुभएको छ । 

सुत्केरीको शरीरबाट अत्यधिक रगत बगेपछि उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याइएको कुँवरले बताउनुभएको छ । 

सुत्केरी भएकी आमालाई ज्यान जोगाउनका लागि सात प्वाइन्ट रगत चाहिने डाक्टर विश्वकर्माको भनाइ छ । सुत्केरी विकको उचचारमा कार्यालय प्रमुख डा दुर्गा महर्जन संलग्न रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । 

सुत्केरीको ज्यान बचाउनका लागि जिल्लामा रहेका नेपाली सेना, नेपाल प्रहरीलाई समेत ‘बी’ पोजेटिभ रगत दिन आग्रह गरिएको छ । रगत बैंक नहुँदा जिल्लामा आएका रगत अभावका बिरामीले हैरानी खेप्नुपरेको सेवाग्राहीको गुनासो छ । 

जिल्लामा रक्त सञ्चार केन्द्र नहुँदा रगतका लागि गुहार गर्नुपर्ने बाध्यता रहेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराले रक्त सञ्चार केन्द्र स्थापना गरेको भए पनि रगत राख्ने उपकरण भने बिग्रिएकाले खरिद गरिएको बताइएको छ । 

रगत राख्ने मेसिन नै बिग्रिएकाले रगत जम्मा गरेर राख्न नमिल्ने एक रेडक्रसको ल्याबमा कार्यरत कर्मचारीले बताएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते