२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटका कैदी बन्दीलाई खसी उपहार

३० चैत्र २०७४, शुक्रबार १६:३३

चैत ३०, कालिकोट | जिल्ला समन्वय समिति कालिकोटका सदस्य नेत्रराज शाहीले जिल्ला कारागार कालिकोटमा रहेका कैदी बन्दीहरुलाई नयाँ बर्षको उपलक्ष्यमा खसी उपहार दिएका छन् । जिल्ला समन्वय समितिबाट घरभाडाका लागि प्राप्त १२ हजार रकमबाट खसी खरिद गरी जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुलाई नयाँ बर्षको उपलक्ष्यमा खसी उपहार दिएको उनले बताए ।

कैदीबन्दीहरुलाई खसी उपहार दिदै उनले आफुलाई प्राप्त भएको घरभाडाको रकम घर नै नभएका कैदी बन्दीहरुलाई नयाँ बर्ष मनाउनका लागि खसी उपहार दिएको बताए । ‘मेरो घर छँदैछ । कारागारमा बन्द कोठामा नयाँ बर्ष मनाउने बन्दीहरुले आफ्नो घरमा बस्न पाएका छैनन्’ शाहीले भने, ‘नयाँ बर्षलाई सामुहिक रुपमा मनाउनका लागि खसी किनेर दिने सोच बनाएको हुँ ।’

कागारका कैदी बन्दीहरुलाई खसी हस्तान्तरण गर्दै शाहीले कैदी बन्दीहरुलाई कविता मार्फत नयाँ बर्षको शुभकामना पनि दिए । उनले गोल घर भित्रका बन्द कोठाबाट भन्ने शीर्षको कविता वाचन गर्दै एउटै धर्ति, एउटै आकाश, बाहिरी भु भाग हेर्न नपाईने तर पात्रोमा हेरेर नयाँ बर्षको महसुस गर्नु पर्ने कैदीबन्दीहरुको पीडा कविताबाट व्यक्त गरेका थिए । लामो समयदेखी देउडा, लोक साहित्यको क्षेत्रमा कलम चलाउने शाहीले बन्दीगृहका कैदी बन्दीहरुलाई यथार्थभित्रका शब्दहरु नामक कविता संग्रह समेत हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य