2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

समृद्धिका लागी बन्यजन्तु संरक्षण नाराका साथ २३ औ बन्यजन्तु सप्ताहा सुरु

लोकेन्द्र प्रशाद जोशी | वैशाख १, दार्चुला । समृद्धिकालागी बन्यजन्तु संरक्षण मुल नाराका साथ सनिबारदेखी देशभर २३ औ बन्यजन्तु सप्ताहा उद्घाटन भएको छ । हरेक बर्ष बैसाख १ देखी ७ गतेसम्म मनाइदै आएको सप्ताहा अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुला र राखुपा उपभोक्ता समितिको आयोजनामा उद्घाटन भएको छ ।

कार्यक्रमका सहभागिहरुले बन्यजन्तु संरक्षणका कार्यक्रम औपचारीकतामा मात्र सिमित हुने तथा बन र बन्यजन्तु संरक्षणको क्षेत्रमा प्रभाबकारीता नहुने बिगतको इतिहासको निरन्तरता मात्र भएको भन्दै गाउँस्तरसम्म जनचेतनामुलक प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्न महाकाली नगरपालीका वडा नम्बर १ का वडा अध्यक्ष कल्यानसिह कुवरले सुझाब दिनुभयो । संरक्षण क्षेत्रभित्रका अधिकासं सामुदायिक बनहरुको दर्ता नबिकरण नहुदा उपभोक्ता समिति र स्थानियहरुलाइ समस्या भएको भन्दै सामुदायिक बनहरु नबिकरण गर्न उहाँले आग्रह गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले संरक्षण क्षेत्रभित्र पाइने प्राकृतिक सम्पदा र बन्यजन्तुहरु लोपोन्मुख अवस्थामा पुगेकोप्रति ध्यानआकर्षण गराउँदै गाउँगाउँमा सचेतनामुलक कार्यक्रम गरेर संरक्षणको क्षेत्रमा भुमिका खेल्न सुझाब दिनुभएको छ । संरक्षणको क्षेत्रमा खेल्नुपर्ने भुमिकामा संरक्षण क्षेत्र र परिषदका कमिकमजोरीहरु बढ्दै गएको भन्दै उहाँले इमानदारीतापुर्बक साचो अर्थमा संरक्षणको क्षेत्रमा ध्यान दिन आग्रह गर्नुभएको हो ।

यस्तै जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीले अपिनाम्पा संरक्षण क्षेत्र बन्यजन्तु संरक्षण गर्नेभन्दापनि गोष्ठी, सेमिनार, बैठकहरुमा बढी खर्च गर्ने कार्यालयको रुपमा चिनिएको भन्दै आलोचना गर्नुभएको छ । बन्यजन्तुको संरक्षण गर्न बनजंगल संरक्षणमा ध्यान दिन उहाँले सुझाब दिनुभयो । बिगतको तुलनामा संरक्षण क्षेत्र स्थापना भएपछि बनसम्पदा, चरन क्षेत्र, पानीका मुलहरु सुक्न थालेको स्मरण गराउँदै उहाँले बनस्पतिहरुको नर्शरी निमार्ण गरेर बृक्षारोपणमा ध्यान दिन कार्यालयलाइ आग्रह गर्नुभयो । भाबि पुस्तालाइसमेत प्रेरणा मिल्नेगरी संरक्षणमा नमुना काम गर्न जिम्मेवारीपुर्बक काम गर्न उहाँको सुझाब छ ।

सम्वन्धीत क्षेत्रका सरोकारवाला ब्याक्तीहरुसम्म यस्ता कार्यक्रमहरु पुग्ने नगरेको हुदा सदरमुकाममा औपचारीकतामा सिमित कार्यक्रमहरु गरेर फाइदा नहुने सहभागिहरुको धारणा छ । कार्यक्रमलाइ सम्बोधन गर्दै राखुपा उपभोक्ता समिति अध्यक्ष ललीत सिह बोहराले बन्यजन्तुहरु लोभ भइरहेको अवस्थामा गाउँबस्तिबाट युवाहरु परिचालन गरेर बन्यजन्तु संरक्षणको अभियानमा लाग्नुपर्ने बताउँनुभयो ।

बन तथा बन्यजन्तु चोरी, सिकारी, अखेटोपहार, बनमा पासो थाप्ने लगायता गतिबिधि हुने गरेको भन्दै बन्यजन्तुको संरक्षणमा सबैको ध्यान जानु जरुरि रहेकोमा कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । सनिबारदेखी ७ गतेसम्म बिभिन्न सचेतनामुलक कार्यक्रम गरेर संरक्षण साप्ताहा मनाइने आयोजक अपिनाम्पा संरषण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत