२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा चार नाटक मञ्चन

२०७५, १ बैशाख शनिबार १०:१२

चिसाङ शेर्पा | बैशाख १, खोटाङ | खोटाङमा चारवटा नाटक मञ्चन गरिएको छ । जिल्लामै पहिलोपल्ट गायन, बाद्यबादन, नाच र नाटक प्रशिक्षण कार्यक्रमको समापनको दिन पृथ्वी, समाज, मूर्ति र हाम्रो घर नामक नाटक मञ्चन गरिएको हो ।

खोटाङगे प्रतिभाहरुलाई लक्षितगरी गत चैत्र २० गतेदेखी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल डाडाँगाउँ सोल्मास्थित शुभद्रा–मदन फाउण्डेसनमा शुरु भएको चार विधाको प्रशिक्षणमा संयुक्त प्रस्तुती ‘डबली’ कार्यक्रमको आयोजना गरी शुक्रवार उक्त नाटक मञ्चन गरिएको हो । दशदिन अवधिमा सिकेका विभिन्न उपलब्धीलाई सांस्कृतिक कार्यक्रममा प्रस्तुत गरेर समापन गरिएको थियो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र शुभद्रा–मदन फाउण्डेसनको संयोजन÷व्यवस्थापन तथा साईनो कला केन्द्रको सहयोगमा भएको कार्यक्रमको अन्तिम दिन निशा राईले निर्देशन गरेको नाटक ‘पृथ्वी’ निरब राईले निर्देशन गरेको नाटक ‘समाज’ वसन्ती राईले निर्देशन गरेको नाटक ‘मूर्ति’ र पेशल राईले निर्देशन गरेको नाटक ‘हाम्रो घर’ नामक नाटक मञ्चन गरिएको थियो । राष्ट्रभाव तथा समाजमा घटिरहने समसामयिक कुरालाई हुबहु नाटकमा मञ्चन गरिएको थियो । 

सयौं कलाकर्मी, साहित्यकार, संगतीकार, गीतकार तथा गायक/गायिकाको भेलामा भएको कार्यक्रममा रागयमन, बेशिक डान्स स्टेप, गीत, सामुहिक/एकल मादल बादन, तामाङसेलो नृत्य, आधुनिक नाचजस्ता विविध प्रस्तुतीहरु देखाईएको थियो । जिल्लाका विभिन्न स्थानका १ सय ३५ जना तालिमबाट लाभान्वित बनेको शुभद्र–मदन फाउण्डेसनका सञ्चालक सुर्य राईले बताए ।

वाध्यवादनमा खड्ग बहादुर बुढा मगर, नृत्यमा छवि थापा, गायनमा आकाश गोर्खाली र नाटकमा सोनु जयन्तीले प्रशिक्षण दिनु भएको थियो । नृत्यमा ४२ जना, नाटकमा ३५ जना, गायनमा ३८ जना र वाध्यवादनमा २० जनाले सहभागिता जनाएको थियो । नयाँवर्षको स्वागत तथा पूरानो वर्षको विदाई लक्षितगरी आयोजित कार्यक्रममा दर्जनौ ब्यक्तीहरु सम्मानित भएका छन् ।

क्याप्सन: समाज नामक नाटकका कलाकारहरु, विकास राई, यसोदा तिमिल्सीना | तस्विर: चिसाङ शेर्पा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित