२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा चार नाटक मञ्चन

१ बैशाख २०७५, शनिबार १०:१२

चिसाङ शेर्पा | बैशाख १, खोटाङ | खोटाङमा चारवटा नाटक मञ्चन गरिएको छ । जिल्लामै पहिलोपल्ट गायन, बाद्यबादन, नाच र नाटक प्रशिक्षण कार्यक्रमको समापनको दिन पृथ्वी, समाज, मूर्ति र हाम्रो घर नामक नाटक मञ्चन गरिएको हो ।

खोटाङगे प्रतिभाहरुलाई लक्षितगरी गत चैत्र २० गतेदेखी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल डाडाँगाउँ सोल्मास्थित शुभद्रा–मदन फाउण्डेसनमा शुरु भएको चार विधाको प्रशिक्षणमा संयुक्त प्रस्तुती ‘डबली’ कार्यक्रमको आयोजना गरी शुक्रवार उक्त नाटक मञ्चन गरिएको हो । दशदिन अवधिमा सिकेका विभिन्न उपलब्धीलाई सांस्कृतिक कार्यक्रममा प्रस्तुत गरेर समापन गरिएको थियो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र शुभद्रा–मदन फाउण्डेसनको संयोजन÷व्यवस्थापन तथा साईनो कला केन्द्रको सहयोगमा भएको कार्यक्रमको अन्तिम दिन निशा राईले निर्देशन गरेको नाटक ‘पृथ्वी’ निरब राईले निर्देशन गरेको नाटक ‘समाज’ वसन्ती राईले निर्देशन गरेको नाटक ‘मूर्ति’ र पेशल राईले निर्देशन गरेको नाटक ‘हाम्रो घर’ नामक नाटक मञ्चन गरिएको थियो । राष्ट्रभाव तथा समाजमा घटिरहने समसामयिक कुरालाई हुबहु नाटकमा मञ्चन गरिएको थियो । 

सयौं कलाकर्मी, साहित्यकार, संगतीकार, गीतकार तथा गायक/गायिकाको भेलामा भएको कार्यक्रममा रागयमन, बेशिक डान्स स्टेप, गीत, सामुहिक/एकल मादल बादन, तामाङसेलो नृत्य, आधुनिक नाचजस्ता विविध प्रस्तुतीहरु देखाईएको थियो । जिल्लाका विभिन्न स्थानका १ सय ३५ जना तालिमबाट लाभान्वित बनेको शुभद्र–मदन फाउण्डेसनका सञ्चालक सुर्य राईले बताए ।

वाध्यवादनमा खड्ग बहादुर बुढा मगर, नृत्यमा छवि थापा, गायनमा आकाश गोर्खाली र नाटकमा सोनु जयन्तीले प्रशिक्षण दिनु भएको थियो । नृत्यमा ४२ जना, नाटकमा ३५ जना, गायनमा ३८ जना र वाध्यवादनमा २० जनाले सहभागिता जनाएको थियो । नयाँवर्षको स्वागत तथा पूरानो वर्षको विदाई लक्षितगरी आयोजित कार्यक्रममा दर्जनौ ब्यक्तीहरु सम्मानित भएका छन् ।

क्याप्सन: समाज नामक नाटकका कलाकारहरु, विकास राई, यसोदा तिमिल्सीना | तस्विर: चिसाङ शेर्पा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो