२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

सुत्केरीको ज्यान जोगाउन रगत जुटाउँदै

२०७५, २ बैशाख आईतवार ०९:०८

वैशाख २ बाजुरा | जगन्नाथ गाउँपालिका–१ ढाडाकोटकी २३ वर्षीया मरु विकको रगत अभावका कारण ज्यान जोखिममा रहेको समाचार प्रकाशन भएपछि ‘बी’ पोजेटिभ रगत भएका व्यक्ति सम्पर्कमा आएर रगत दिन थालेका छन् । 

रगत अभावका कारण सुत्केरी विकको ज्यान खतरामा भएको समाचार गत चैत ३० गते राससमा प्रकाशन भएपछि हालसम्म ‘बी’ पोजेटिभ रगत दिनेहरु सम्पर्कमा आई तीन पिन्ट रगत दिएको नेपाल रेडक्रस सोसाइटी बाजुराका ल्याब कर्मचारी जगतबहादुर शाहीले जानकारी दिनुभयो । 

रक्तदातामा नेपाली सेना, समरजित गुल्मका जवान सञ्जय तामाङ, गौमुल गाउँपालिका–६की कल्पना रोकाया र बडीमालिका नगरपालिका–८का गोरखबहादुर विष्ट छन् । रगत अभाव भएर जिल्ला अस्पताल बाजुरामा उपचार गराइरहेकी विकको स्वास्थ्यवस्थाका बारेमा बडीमालिका नगरपालिका उपप्रमुख कविता विष्टले बिरामीसँग भेट गरेर जानकारी लिनुभएको छ । विष्टले विकलाई रगत खोज्न नगरपालिका र्कालयलाई आग्रह गरिएको बताउनुभयो । 

विकको स्वास्थ्यमा सुधार हुदै आएको उपचारमा संलग्न डा दुर्गा महर्जनले बताउनुभयो । उहाँले शरीरबाट रगत धेरै बगेकाले रक्त अल्पता भएकाले कम्तीमा ९ पिन्ट हुनुपर्छ । उनको शरीरमा ४ पिन्ट मात्र रगत भएकाले अझै पाँचदेखि सात पिन्ट रगत चहिने बताउनुभयो । रगत दिनका लागि जिल्लाका नेपाली सेना, नेपाल प्रहरीलगायतका कर्मचारीलाई पनि आग्रह गरिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला