१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सौरभ मृत्यु प्रकरण : मेरो छोराले न्याय कहिले पाउँछ – मृतकका बाबु श्रेष्ठ

२ चैत्र २०७२, मंगलवार १०:२२

चैत २ पर्वत . आफ्नै घर नजिकै मृत अवस्थामा फेला  परेका सौरभ श्रेष्ठको बाबुले आफु अन्यायमा परेको बताएका छन् । आफ्नो छोराको हत्या भएको हो वा के कारणले मृत्यु भएको त्यसको बारेका जिल्ला प्रशासन कार्यालय, नगरपालिका र प्रहरी कार्यालयलाई घटनाको रहस्य बाहिर निकाल्न र आफुलाई न्याय दिलाउन माग गरेता पनि  उनीहरुले वेवास्था गरेको आरोप मृतकका बाबुको छ । छोरो त गुमाए तर मैले न्यायको धोका धक्धकाउदाँ पनि न्याय पाउन सकिन के म यो देशको नागरिक हैन, जिल्लाबासी हैन ? यदी हैन भने मलाई निकाला गरीदिनुहोस् र जाने ठाउँ देखाइ दिनुहोस् म त्यही देश र ठाउँमा जानेछु मृतकका बाबु रामकृष्ण श्रेष्ठले भने । आफ्नो छोराको मृत्यु प्रकरणमा मानवअधिकारबादीले पनि चाँसो नदेखाएको उनको आरोप छ । छोराको मृत्यु भएको  हप्तौ दिन हुदाँ पनि मृत्युको कारणबारे खोजि हुन नसकेको उनको तर्क छ ।

मैले सडक अबरोध गरेर टायर जलाएको भए खोजि छिटो हुने थियो होला तर र्मैले त्यसो गर्न नसकेका कारण मेरो छोराले न्याय पाउन सकेन उनले भने । प्रहरीले अनुसन्धान हुदै छ भन्छ तर अझै अनुसन्धानबाट मृत्युको रहस्य बाहिर निकाल्न सकेको छैन अब मेरो छोराले न्याय कहिले पाउँछ उनले भने ।   छोरो गुमाउनुको पीडा ममाथि त छ त्यसमाथि मेरो छोराले न्याय पाउन सकेन । यता जिल्ला प्रहरी कार्यालय पर्वतले अनुसन्धान भैरहेको जनाएको छ । मृतक सौरभको मृत्युभएको एक हप्तापछि मात्रै कालीगण्डकी नदी भन्दा केहि माथि गोपाङघाटमा त्रिश्चियन धर्मअनुसार समाधिस्थ गरिएको थियो । जिल्लामा अन्यधर्म अनुसार क्रिश्चियनको समाधिस्थ गर्नै स्थान नभएका कारण हप्तादिन सम्म शब उठ्न सकेको थिएन् ।

अहिले उक्त क्षेत्रबाट शब निकाल्नको समाजबाट दबाब आएको मृतकको परिवारको गुनासो छ ।  कुनपाका कार्यकारी प्रमुख चण्डीका पौडेलले भने कुश्मा नगरपालिकाका कार्यकारी प्रमुख चण्डीका पौडेलले क्रिश्चियनहरुको लागि उनीहरुको धर्मअनुसार दाहसंस्कार गर्ने ठाउँको अभाव भएका कारण यस्तो समस्या आएको भन्दै अब उनीहरुको लागि छुट्टै घाटको व्यवस्था गर्न पहल गर्ने बताए । अब हामी उचित ठाउँको खोजी गरी उनीहरुलाई घाटको रुपमा प्रयोग गर्न दिनेछौं चण्डिकाले भने । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले भने मृतकको शब निकाल्न समाजबाट आएको दबाबबारे आफुलाई जानकार नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल