२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरीमा एक पुरुष मृत अवस्थामा फेला

३ बैशाख २०७५, सोमबार ०५:४६

वैशाख ३  इटहरी | सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित बिपी चोक नजिक एक पुरुष मृत अवस्थामा आज बिहान फेला परेका छन् । इटहरीकै रबि फ्रेस हाउसमा कार्यरत दोलखाको तामाकोशी नगरपालिका–७ निवासी अन्दाजी ३० वर्षीय ज्ञानबहादुर सुनवार मृत फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । 

रबि फ्रेस हाउ सञ्चालकका आफन्त रोशन न्यौपानेको घरमा डेरा गरी बस्दै आएका सुनवार घरको दुई तलामाथिबाट झरेर मरेको अनुमान गरिएको छ । शरीरमा एक थान भित्री कपडाबाहेक अन्य कपडा नलगाएको अवस्थामा मृत फेला परेका सुनवारको शरीरमा भने कुनै चोटपटक नदेखिएको प्रहरीले बताएको छ । 

सुनवारसँगै आइतबार राति ११ बजेतिर सुतेका रबि फ्रेस हाउसमा नै कार्यरत गोपाल श्रेष्ठ र सुरज लिम्बूले आफूहरुसँग सुतेको र सुनवारले मादक पदार्थ सेवन गरेकाले उनी कतिखेर कसरी तल झरे भन्ने कुरा थाहा नभएको र अहिले बिहान भुइँमा मृत देखिएको बताएका छन् । सुनवारको लासको प्रकृति हेर्दा उनको मृत्यु शङ्कास्पद रहेको प्रहरीले अनुमान लगाएको छ । 

मृत फेला परेका सुनवारको शवपरीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र त्यसको प्रतिवेदन आएपछि मात्र उनको मृत्युको कारण खुल्न सक्ने प्रहरीले अनुमान गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य