२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

हङकङ र मकाउबाट क्यान्सर पीडितलाई सहयोग

३ बैशाख २०७५, सोमबार ०६:००

वैशाख ३ मोरङ | राजघाट हङकङ समाज हङकङले उर्लाबारी—९ खोपिँडाडा निवासी क्यान्सर रोगबाट पीडित पार्वता लिम्बूको उपचारका लागि रु दुई लाख ३४ हजार ९०२ आर्थिक सहयोग गरेको छ । 

आर्थिक अभावले पार्वताको उपचारमा समस्या भएको राससलगायत विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समाचार आएपछि राजघाट समाज हङकङका अध्यक्ष टीका लिम्बूको अग्रसरमा सहयोग रकम संकलन गरिएको थियो । हङकङबाट पठाइएको उक्त रकम समाजसेवी तेजन खड्काले पार्वताकी छोरी रेनुकालाई हस्तान्तरण गर्नुभयो । 

हङकङमा समाजका अध्यक्ष टीका लिम्बू, जीवन पोमु लगायतले आर्थिक संकलन गर्नुभएको थियो ।

 आर्थिक अभावकै कारण उपचारमा समस्या भएको थियो, रकम पाएपछि छोरी रेनुकाले भन्नुभयो, “अहिले हजुरहरुको सहयोगले आमाको उपचार भइरहेको छ । सहयोगीदाता सबैमा धन्यवाद दिन चाहान्छौँ ।” हाल पार्वताको उपचार भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । 

यसैबीच पार्वताको उपचारका लागि उर्लाबारी—९ निवासी समाजसेवी सुन्दर श्रेष्ठले एक हप्ताअघि नगद १० हजार सहयोग गर्नुभएको थियो । करीब १० दिनअघि हङकङबाट याम सेम्बुले अगुवाइ गरेर आफन्त साथीभाइ, शुभेच्छुकबाट नगद दुई लाख र मकाउबाट गीता मगर शेर्पाले नगद ८० हजार र गोपाल थापाले ३१ हजार सहयोग गरिसक्नुभएको छ । देशविदेशबाट पार्वताको उपचारका लागि सहयोग रकम जुटिरहेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली