२०८३, १ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले

२०७५, ३ बैशाख सोमबार १०:१९

कविता उपाध्याय/वैशाख ३ लिबाङ, रोल्पा | “म ऊबिना बाच्नै सक्दिनँ, कसैको करकापले मैले विवाह गरेको होइन मेरै मञ्जुरीले गरेको विवाह भएकाले हामी दुईसँगै बस्न पाउनुपर्छ । मैले ऊसँग विवाह गरिसकोले जसले जे भने पनि म फर्केर माइती जान्नँ…बरु जेलमा बस्छु”, धरधरी रुँदै १७ वर्षीया किशोरीले जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा आइतबार निकै बिलौना गरिन् । 

यता किशोरले पनि दुवैको सहमतिमा आफूहरु भागेको स्वीकारेका छन् । “उनले पनि मलाई माया गर्थिन् मैले पनि उनलाई माया गर्थें तिमीलाई नपाए म मर्छु भनिन् अब म के गरुँ”, अनि दुवैको सहमतिमा हामी भागेका हौँ”, किशोरले भने । 

जिल्ला सदरमुकामको एक विद्यालयमा कक्षा ११मा अध्ययनरत किशोरी र जिल्ला बाहिरको कलेजमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत प्यूठानका २३ वर्षीय किशोर गत चैत २७ गते प्रेम विवाह गर्नका लागि घरबाट भागेका थिए । 

छोरीले १७ वर्षको उमेरमा बिहे गरेर भागेको खबर पाएपछि उनको परिवार विक्षिप्त भयो । निकै खोजतलास भयो तर उनलाई परिवारले फेला पार्न सकेन । अन्तमा सदरमुकामकै आमा समूहद्वारा उनको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी प¥यो । 

उजुरी परेलगत्तै प्रहरीले उनको व्यापक खोजी ग¥यो । अन्तमा ती किशोरकिशोरीलाई केटाकै घरमा प्रहरीले फेला पारेपछि अभिभावकका साथमा जिप्रका रोल्पामा झिकाइयो । 

उनीहरु आएको खबर पाउनासाथ आमा समूहको नेतृत्वमा एकहुल जिप्रका पुग्यो । बाल विवाह भएको हुँदा यो विवाह रद्द गरिनुपर्छ भन्दै किशोरीका अभिभावकले किशोर पक्षसँग माग राखे । 

प्रहरीले बाल विवाह कानूनविपरीत भएको भन्दै कानूनी कारवाहीका लागि प्रक्रिया आगडि बढाउन चाहन्थ्यो तर निवेदनमा बाल विवाह उल्लेख नगरी खोजतलासका लागि अनुरोध गरिएकाले प्रहरीलाई बाल विवाहको मुद्दा चलाउन असहज भयो । 

दुईपक्षबीच व्यापक छलफल पछि उनीहरुका अभिभावकले किशोरकिशोरीले वैधानिक रुपमा विवाह नगरेको हुँदा अभिभावकको जिम्मामा लैजाने निधो गरे । तर किशोरकिशोरी भने सँगै बस्न पाउनु पर्छ भन्दै आफ्नो अडान छोड्दै छोडेनन् । 

सँगै बाँच्नेसँगै मर्ने निधो गरेर घरबाट भागेर हिँडेका किशोरकिशोरीको विवाह रद्द हुने भएपछि उनीहरु डाँको छोडेर रोए पनि तिन्कै भविष्यको चिन्ता गर्दै अभिभावकले २० वर्ष पुगेपछि मात्र विवाह गर्न स्वीकृति दिने भन्दै सम्झाइबुझाइ गरेकाले प्रहरीले पनि दुबैलाई आ–आफ्ना अभिभावको जिम्मा लगायो । उनीहरुको बिलौना तथा रुवावासी देख्दा वरपर उभिएका अन्य व्यक्तिका समेत आँखा रसाएका थिए । छोराछोरीको सुन्दर भविष्यको कामना गर्दै दुवैका अभिभावकले रुवावासीका बीच उनीहरुकोे बिछोड गराउन बाध्य भएको बताएका छन् । 

जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी सहायक निरीक्षक दिलकुमारी बुढाका अनुसार यसअघिका दुईवटा बाल विवाहका घटनाउपर मुद्दा दर्ता भई रोल्पा जिल्ला अदालतले कानूनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाइसकेको छ तर यसपटक भने वैधानिक रुपमा विवाह नभएको हुँदा दुवैका अभिभावकले आ–आफ्ना छोराछोरी फिर्ता लगेका हुन् । दुवैले विश्वास बचाएर राख्न सके उच्च शिक्षा हासिल गरी २० वर्षपछि परिवारको मञ्जुरीमा विवाह गर्न सकिने दुवै पक्षका अभिभावकले बताएका छन् । 

उक्त अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठका अनुसार यो घटनाबारे आफूलाई कुनै किसिमको जानकारी नभए पनि कानूनले बाल विवाह बर्जित गरेको हुँदा बाल विवाह गर्न पाइँदैन । बाल विवाहले शारीरिक तथा मानसिक रुपमा असर पु¥याउने भएकाले बाल विवाह गर्ने तथा गराउनेलाई कानूनी कारवाही हुनुपर्छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन