पर्वत, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको २९ औ जिल्ला सभा कटुवाचौपारीमा सम्पन्न भएको छ । “आत्मा साक्षी राखी भन बचन र कर्मले सेवा गरौ” भन्ने मुल चारका साथ मानवीय साहेत सेवा प्रदान गर्दै आएको सोसाइटीले कटुवाचौपारीमा आफ्नो २९ औं जिल्ला सभा सम्पन्न गरेको हो । नेरेसका केन्द्रिय उप–महामन्त्री हरिप्रसाद न्यौपानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै जिल्लामा पछिल्लो समयमा रेडक्रसले गरेको कार्य प्रशंसा योग्य भएको टिप्पणी गरे ।
रिमालको नेतृत्वले जिल्लामा विगतका बर्षमा भन्दा यो बर्ष धेरै काम र उपलब्धी हासिल गरेको उनको तर्क थियो । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले पनि रिमालको नेतृत्वको प्रशंसा गरे । रिमाल सभापतिमा चयन भएपछि जिल्लामा रेडक्रसका शाखा उपशाखाले पनि अघिल्ला बर्षहरुमा भन्दा राम्रो प्रगति गरेको बताए । नेरेस जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मन्त्री गोविन्द प्रसाद पराजुलीले गरे । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछाने, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानीप्रसाद शर्मा, तिलाधर सुवेदी नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषाल लगाएतले बोलेका थिए । उनीहरुले पनि जिल्लामा रेडक्रसले गरेको कार्य र भूकम्प जाँदा गरेको योगदानको चर्चा गरे ।
उक्त कार्यक्रममा जिल्ला शाखाको मातहतमा रहेका उपशाखा तथा जिल्लाको आयव्यय समेत प्रस्तुत गरीएको थियो । उक्त सभाले जिल्लाको आ.व ०७१÷७२ को बास्तविक आयव्यय, ०७२÷७३ को माघसम्मको आयव्यय र ०७३÷७४ को अनुमानित आयव्यय समेत प्रस्तुत गरेको थियो । जसअन्तरगत आव ०७१÷७२मा आय ७ लाख ५२ हजार ४ सय ९६ र व्ययमा ५ लाख ९३ हजार ६ सय ८४ रहेको उल्लेख गरिएको छ जसअन्तरगत एम्बुलेन्स तर्फ आयमा १० लाख ७२ हजार ६ सय ५४ र खर्चमा ४३ हजार ३ सय ५ रहेको देखाइएको छ । त्यसैगरी आ.व ०७२÷७३ को माघको २० लाख २ हजार ४ सय ७३ र खर्चमा २० लाख ९ हजार ७ सय ९९ देखाइएको छ भने एम्बुलेन्स तर्फ १७ लाख खर्च र आम्दानी रहेको देखाइएको छ । ०७३÷७४ को लागि उक्त सभाले ७६ लाख ७१ हजार आयव्ययको प्रस्ताब गरेको छ भने एम्बुलेन्स खर्चतर्फ १९ लाख अनुमान गरेको छ ।