२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सुरक्षित मातृत्व दिवस मनाइयो

२०७५, ३ बैशाख सोमबार १५:४६

बैशाख ३, कालिकोट | सुरक्षित मातृत्व दिवस कालिकोटमा पनि मनाइएको छ । ‘सुरक्षित मातृत्व हामी सबैको दायित्व’ भन्ने नाराका साथ सोमबार मनाइएको हो । जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका प्रमुख विवश पराजुलीको अध्यक्षता तथा खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सहभागीहरुले सुरक्षित मातृत्व सबैको दायित्व भन्ने नारा व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । 

जिल्ला अस्पताल कालीकोट र खाँडाचक्र नगरपालिका कालीकोटको संयुक्त आयोजनामा भएको कार्यक्रममा खाँडाचक्र नगरपालिकाका उपप्रमुख बिजया बिष्ट, अस्पताल बिकास समिति अध्यक्ष कृष्णबहादुर सिंह र महिला तथा बालबालिका कार्यालयका निमित्त प्रमूख सोबिता राणा लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमूख अतिथि खाँडाचक्र नगर प्रमूख पाण्डेले गाउँगाउँबाट स्वास्थय संस्थामा चेक गर्न नआएकाले सुरक्षित मातृत्वमा कसैले ध्यान नदिएको बताए ।

उनले सुरक्षित मातृत्वको लागि कालिकोटका विभिन्न गाउँपालिका र नगरपालिकामा गएर अभिमुखिकरण गर्न आवश्यक भएको औल्याए । कार्यक्रममा बोल्दै विशेष अतिथि विजया विष्टले कालिकोटका सवै महिला मिलेर सुरक्षित मातृत्वका लागि गाउँगाउँमा प्रचार प्रसार गर्नुपर्ने बताईन् ।गर्भवती र सुत्केरी महिलाहरुलाई फलफुलको व्यवस्था गर्नुपर्नेउनको भनाई छ । पहिले अस्पताल नै नगई बच्चा जन्माउने भएकाले कसैले सुरक्षित मातृत्वमा ध्यान नदिएपनि समाज परिर्वतनसंगै स्वास्थ्यमा खर्च गर्न लोभ नमान्न आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते