१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ह्वील चियर तथा शैक्षिक सामाग्री वितरण

३ चैत्र २०७२, बुधबार १०:५८

सञ्जय रेग्मी
सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी साप्ताहीक कार्यक्रमहरु संचालन गरीरहेको रोट्रयाक्ट क्लब अफ पर्वतले आज पांचौ दिन पर्वतकै मुडिकुवा गाविसमा बिभिन्न सामग्रीहरु प्रदान गरेको छ । क्लबले आज मुडिकुवा ८ मा रहेको शारदा निम्न माध्यमिक विद्यालयमा ८ वटा ह्वाइट बोर्ड प्रदान गरेको छ । त्यस्तै, वडा नं। ८ मै रहेको मिलन आय आर्जन विकास समूहलाई १ वटा स्ट्रेचर र मुडिकुवा ८ कै अपांग महिला डिलकुमारी सापकोटालाई ह्वील चियर पनि बितरण गरेको छ । कार्यक्रममा मुडिकुवाका जेष्ठ नागरिक ९७ बर्षिय टीकादत्त सापकोटा, उहांकी धर्मपत्नी रुक्मीणी सापकोटा, प्याब्सन पर्वतका अध्यक्ष हिमबहादुर पौडेल क्षेत्रीलाई सम्मान पनि गरिएको थियो । रोट्रयाक्ट क्लब पर्वतका अध्यक्ष सन्तोष पौडेलको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डक्टर भवानी प्रसाद शर्माले क्लबले गरेका कार्यक्रममा स्वास्थ्य कार्यालयले पनि सहकार्य गर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला अस्पताल पर्वतको अस्पताल विकास समितिका अध्यक्ष शिव शर्मा, रोटरी क्लब अफ पर्वतका अध्यक्ष गणेश बहादुर क्षेत्री, शारदा नि।मा।वि। का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मला कुमारी शर्मा, रोट्रयाक्ट पर्वतका संस्थापक सदस्य मोहन आचार्य लगायतले आप्mनो बिचार राख्नुभएको थियो । क्लबको पाँचौ दिनको कार्यक्रमका संयोजक गोकुल चापागाईंले स्वागत तथा कार्यक्रमका बारेमा साप्ताहिक कार्यक्रमका संयोजक कृष्णप्रसाद सापकोटाले प्रकाश पार्नुभएको कार्यक्रमको संचालन क्लबका सचिब आर।सी।पौडेलले गर्नुभएको थियो । कार्यक्रममा सहभागी हुन गएका रोटरी र रोट्रयाक्ट क्बलका पदाधिकारीहरुले विद्यालयमा हालसालै संचालन गरिएको टेलीमेडिसिन सेवाको पनि अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु