२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा आयोजित अपाङ्ग घुम्ति शिविरमा १४ जनालाई कृतिम साम्रगी

४ बैशाख २०७५, मंगलवार ०६:२९

चिसाङ शेर्पा/बैशाख ४ खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अपाङ्ग घुम्ति शिविरबाट स्थानिय ६० जनाको निःशुल्क शारीरिक समस्या चेकजाँच गरिएको छ । स्वास्थ्य चौकी हलेसीबजारमा सोमबार गम्भीर प्रकृती भएका २२ महिला तथा ३८ पुरुषको शारीरिक समस्या चेकजाँच गरिएको हो ।

सिबिआर बिराटनगरका दशजना स्वास्थ्यकर्मी टोलीले ३५ जनाको फिजीओथेरापी, १४ जनालाई कृत्रिम सामग्री वितरण तथा अन्यलाई अस्पताल जान सल्लाह दिएको अपाङ्ग सेवासंघ खोटाङका निर्देशक कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो ।

फुट अर्थोसिस नरम ३ वटा, पार्सेल फुट सेम्भ ४ जोर, गोलीगाँठो पैतालाको अर्थोसिस ५ वटा, हृवील चियर १ वटा, बिशेष जुत्ता ३ जोर, घुंडामुनी तलका कृत्रिम खुट्टा १ जोर, उभिने साधन १ जोर, बैशाखी १ वटा, ट्वाईलेट चियर १ वटा, कूहिनाभन्दा माथीको कृतिम हात १ वटा कृतिम सामग्री निशुल्क वितरण गरिएको अपाङ्ग सेवासंघ खोटाङले जनाएको छ । 

ह्युमानिटी एण्ड ईन्क्लुजनको सहयोग, सिबिआर बिराटनगरको आयोजना तथा हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ गाउँपालिका र अपाङ्ग सेवासंघ दिक्तेलको आयोजनामा सञ्चालित शिबिरमा शरीर अररो भएका, पैताला फर्केका, हातखुट्टा काटिएका, आगोले पोलेर हातखुट्टामा संकुचन भएका, हातखुट्टा कमजोर, छोटो वा सुकेको, हातखुट्टा बाङ्गो भएका, पेरालाईसिस भएका, कम्मर मुनि नचल्ने, ढाड कुप्रेको र हातखुट्टा नचल्ने ब्यक्तिहरु शिबिरबाट लाभान्वित हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार बुधवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल जिल्ला अस्पताल र खोटेहाङ गाउँपालिका–७ खोटाङबजार स्वास्थ्य चौकीमा शुक्रबार निःशुल्क अपाङ्ग घुम्ति शिबिर सञ्चालन हुदैंछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो