२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा आयोजित अपाङ्ग घुम्ति शिविरमा १४ जनालाई कृतिम साम्रगी

२०७५, ४ बैशाख मंगलवार ०६:२९

चिसाङ शेर्पा/बैशाख ४ खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अपाङ्ग घुम्ति शिविरबाट स्थानिय ६० जनाको निःशुल्क शारीरिक समस्या चेकजाँच गरिएको छ । स्वास्थ्य चौकी हलेसीबजारमा सोमबार गम्भीर प्रकृती भएका २२ महिला तथा ३८ पुरुषको शारीरिक समस्या चेकजाँच गरिएको हो ।

सिबिआर बिराटनगरका दशजना स्वास्थ्यकर्मी टोलीले ३५ जनाको फिजीओथेरापी, १४ जनालाई कृत्रिम सामग्री वितरण तथा अन्यलाई अस्पताल जान सल्लाह दिएको अपाङ्ग सेवासंघ खोटाङका निर्देशक कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो ।

फुट अर्थोसिस नरम ३ वटा, पार्सेल फुट सेम्भ ४ जोर, गोलीगाँठो पैतालाको अर्थोसिस ५ वटा, हृवील चियर १ वटा, बिशेष जुत्ता ३ जोर, घुंडामुनी तलका कृत्रिम खुट्टा १ जोर, उभिने साधन १ जोर, बैशाखी १ वटा, ट्वाईलेट चियर १ वटा, कूहिनाभन्दा माथीको कृतिम हात १ वटा कृतिम सामग्री निशुल्क वितरण गरिएको अपाङ्ग सेवासंघ खोटाङले जनाएको छ । 

ह्युमानिटी एण्ड ईन्क्लुजनको सहयोग, सिबिआर बिराटनगरको आयोजना तथा हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ गाउँपालिका र अपाङ्ग सेवासंघ दिक्तेलको आयोजनामा सञ्चालित शिबिरमा शरीर अररो भएका, पैताला फर्केका, हातखुट्टा काटिएका, आगोले पोलेर हातखुट्टामा संकुचन भएका, हातखुट्टा कमजोर, छोटो वा सुकेको, हातखुट्टा बाङ्गो भएका, पेरालाईसिस भएका, कम्मर मुनि नचल्ने, ढाड कुप्रेको र हातखुट्टा नचल्ने ब्यक्तिहरु शिबिरबाट लाभान्वित हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार बुधवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल जिल्ला अस्पताल र खोटेहाङ गाउँपालिका–७ खोटाङबजार स्वास्थ्य चौकीमा शुक्रबार निःशुल्क अपाङ्ग घुम्ति शिबिर सञ्चालन हुदैंछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा