2026-07-25 12:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका महिलाहरु अझै परिवार नियोजनका साधन लुकेर प्रयोग गर्छन

वैशाख ४ लिवाङ, रोल्पा | कुनै कुनै विवाहितले अझै पनि श्रीमान्सँग लुकेर परिवार नियोजनका साधन प्रयोग गर्दै आएका छन् । 

पितृसत्तात्मक सोच, चिन्तन तथा धार्मिक, सांस्कृतिक मान्यताका कारण लुकेर परिवार नियोजनका साधन प्रयोग गर्दैआएका महिलाका अनुसार कतिपय परिवारमा अझै पनि परिवार नियोजनका साधन प्रयोग गर्दा पाप लाग्छ भन्ने मान्यता छ । कतिपय परिवारमा छोरा जन्माउने लालसामा श्रीमान्ले साधन प्रयोग गर्न मानिरहेको अवस्था छैन । सोका कारण महिला लुकेर भए पनि आफू सुरक्षित बन्न चाहन्छन् । 

रोल्पा नगरपालिका– १ सल्लीबोटमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका बमकुमारी घर्तीअनुसार उहाँको कार्य क्षेत्रमा एक दलित महिलाका श्रीमान्ले परिवार नियोजनका साधन प्रयोग गर्न पटक्कै मानेनन् जसका कारण त्यो परिवारमा छभन्दा बढी सन्तान जन्मिए । स्वास्थ्य स्वयंसेविकाको सल्लाहबमोजिम केही महिनाअघि उनले श्रीमान्लाई जानकारी नदिई इम्प्लान्ट राखिन् । सो कुराको जानकारी भएपछि उनका श्रीमान् रिसले आगो बने रे श्रीमतीको इम्प्लान्ट राखेको हात काटिदिनेसम्मको धम्की दिए । घर्तीका अनुसार आफूलाई सन्तानको रहर पुगिसके पनि उमेर चढ्दै जाँदासम्म सन्तान जन्माइरहनुपर्ने बाध्यता भएपछि उनले लुकेर परिवार नियोजनको साधन प्रयोग गरेकी थिइन् । 

परिवार नियोजनका साधन प्रयोग गरे पाप लाग्ने विश्वासका कारण साधन प्रयोग गर्न नमानेको स्वास्थ्य स्वयंसेविकाको भनाइ छ । उहाँका अनुसार राखिसकेको इम्प्लान्ट तत्काल निकाल्न नमिल्ने, अवधि पुगेपछि निकाल्न सकिने भनेर सम्झाइबुझाइ गरेपछि मात्र उनका श्रीमान् शान्त भएका थिए । पटक पटक स्वयंसेविका उनको घरमा जाँदै सो विषयमा छलफल चलाउँदै गर्न थालेपछि सो जोडीमा परिवार नियोजनको साधन प्रयोगका बारेमा आपसी समझदारी बढ्न थालेको घर्तीको भनाइ छ । 

यस्तै एक सरकारी कार्यालयका कर्मचारीको छोरा जन्माउने चाहनामा तीन छोरी जन्मिसकेका छन् जसका कारण यो जोडीमा पनि परिवार नियोजनका साधन अपनाउने विषयमा विवाद चलिरहेको छ । श्रीमान् छोरा जन्माउनकै लागि परिवार नियोजनका साधन अपनाउन चाहँदैनन तर श्रीमती भने दुई छोरीमै सन्तानको रहर पुगेको बताउँछिन् । सोका कारण श्रीमतीले लुकेर परिवार नियोजनको साधन प्रयोग गर्दै आएकी छन् । 

श्रीमतीले परिवार नियोजनको साधन प्रयोग गर्दै आएको विषयमा उनका श्रीमान्लाई थाहा छैन । “लुकेर औषधि खाने गर्छु, थाहा पाए श्रीमान् तथा घरपरिवारले मारिहाल्छन् नि”, उनले हाँस्दै भनिन् । 

परिवार नियोजनको साधनका बारेमा नौ जनासँग गरिएको कुराकानीमा चारजना महिलाले लुकेर साधन प्रयोग गर्दैआएको बताए । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी कुलबहादुर डाँगीअनुसार रोल्पामा परिवार नियोजनका साधन प्रयोग गर्नेमा पुरुषभन्दा महिला बढी छन् । कतिले आपसी समझदारीबाट गरेको भए पनि केहीले लुकेर प्रयोग गर्दैआएको पाइन्छ । उहाँले भन्नुभयो, “शैक्षिक तथा चेतनास्तर कम भएका परिवारमा मात्र नभई पढेलेखेका तथा जानेबुझेका परिवारमा समेत यो समस्या छिपेर रहेको छ ।” 

स्वास्थ्यकर्मी डाँगीअनुसार श्रीमान्, श्रीमती तथा तिनका परिवारबीच आपसी समझदारी नहुँदा महिलाले लुकेर परिवार नियोजनका साधन प्रयोग गर्नुपर्ने बाध्यता रहिआएको हो । उहाँले भन्नुभयो, “पढेर मात्र हुँदैन, चेतनास्तरमा वृद्धि हुन र समाज परिवर्तन गर्नमा सम्बन्धित व्यक्तिको पारिवारिक पृष्ठभूमि तथा उसको समुदाय÷सम्प्रदायको महत्वपूर्ण भूमिका रहन्छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक