२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

बालक हत्यामा संग्लन महोत्तरीका २ जनालाई ३१ वर्ष कैद सजाय

२०७५, ४ बैशाख मंगलवार १०:१८

वैशाख ४ गौशाला | बालकलाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका दुई जनालाई महोत्तरी जिल्ला अदालतले आज जनही ३१ वर्ष कैद सजाय सुनाएको छ । 

जलेश्वर १२ मलिवारा गाउँबाट नवीन पाण्डेका ११ वर्षीय छोरा क्युट भनिने निश्चललाई २०७२ पुस ३० गते साँझ ६ बजे अपहरण गरी जलेश्वर १३ स्थित रातु खोलाको पुल नजिकै झारीमा हत्या गरेर गाडेको आरोपमा अदालतले जलेश्वर नगरपालिका– १ बस्ने पप्पु यादव र वडा नं ६ बस्ने २० वर्षीय गोविन्दकुमार मिश्रलाई कर्तव्य ज्यान मुद्दामा सो सजाय सुनाएको हो । साथै दुवै जनालाई जनही करीब रु १६ लाख जरिवानासमेत ठहर गरिएको श्रेस्तेदार रामानन्दप्रसाद अधिकारीले बताउनुभयो । 

सोही मुद्दामा जलेश्वर –२ बस्ने शिवम चौधरीलाई अदालतले ११ वर्ष कैद र करीब रु १६ लाख जरिवाना ठहर गरेको छ । अभियुक्तहरुले बालक पाण्डेलाई मोटरसाइकल चलाउने लोभ देखाएर जलेश्वर–१२ स्थित बस बिसौनीबाट अपहरण गरी लगेर उनका बुबा नवीनसँग रु ३० लाख भारतीय फिरौती मागेका थिए । बालकले आफू अपहरणमा परेको बुझिसकेर कराउन थालेपछि अभियुक्तले उनको नाकमुख थिची हत्या गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला