चैत्र ४ पर्वत । जिल्लाको भंगरा गाविसमा रहेका १ सय १० जना जेष्ठ नागरिकलाई सम्मान गरीएको छ। उक्त गाविसमा रहेका जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरीएको हो । सांसद विकास लम्मालले संसद विकास कोषको केहि रकमबाट जिल्लाको क्षेत्र नं २ का २९ वटा गाविसका ७० बर्ष भन्दा माथिका बृद्धबृद्धालाई सम्मान गर्ने अभियान संचालन गर्दै सो कार्य गरेका हुन् । लम्सालले हालसम्म उक्त क्षेत्रका ५ गाविसका जेष्ठ नागरिकलाई सम्मान गरेको बताइएको छ ।
जसका लागि हरेक वर्ष ३ लाख रकम छुट्याइएको सांसद लम्सालले बताए । सोही अबसरमा सांसद लम्सालले पञ्चेबाजा संरक्षणका लागी स्थानीय पञ्चेबाजा का ११ सदस्य रहेको समुहलाई पञ्चेबाजा तथा त्यसका लागि आवश्यक ड्रेस लगायतका सामाग्रि समेत बितरण गरेका थिए । उनले क्षेत्र नं.२ मा रहेका १९ जोली बाजाहरुलाई संरक्षणको लागी अभियाननै चलाएको बताए ।